अमरगढी पोष्ट समाचार
डडेल्धुरा,माघ १७ गते । नेकपा एमालेका नेता पुर्ब राष्ट्रिय सभा सदश्य चक्रप्रशाद स्नेहीले चुनाबी अभियानलाई तिब्रता पारेका छन ।
प्रतिनिधी सभाको निर्बाचन नजिकिदै गर्दा नेकपा एमाले डडेल्धुराका उम्मेदवार स्नेहीले जिल्लाका बिभिन्न गाँउ बस्ती पुगेर जनताको सेबक बनेर काम गर्ने इन्छा प्रकट गर्दे एक पटकका लागी मतदान गरि बिजयी गराई दिन आग्रह गर्नुभएको छ । एमाले डडेल्धुराका संस्थापक तथा अनुभबी र प्रभाबशाली नेता स्नेहीले राष्ट्रिय सभा सदश्य रहँदा डडेल्धुराको बिकासका मुद्धा देखि समस्याहरुका सवालमा राष्ट्रिय सभामा जोडदार रुपमा अवाज उठाउने प्रतिनिधीका रुपमा परिचित छन । आफुले जिम्मेवारी पाँउदा जनताको सेबक भएर काम गरेको छु त्यसैले मेरो जितको सुनिश्चितता हो उहाँले दाबी गर्नुभयो ।
राष्ट्रिय सभामा जनताको पक्षमा खबरदारी र राजनितिक रुपमा सकृयता देखेर आफुलाई पार्टीले उम्मेदवार बनाएको भन्दै स्नेहीले हिजो पनि जनताको माझमा थिए भोली पनि हुनेछु र समृद्ध डडेल्धुरा बनाउने मेरो सपना साकार गरिदिन मतदाताहरु मझ आग्रह गरेका छन ।
डडेल्धुराको भागेश्वर गाँउपालिकाका अगुवा कार्यकर्ता तथा जनताको बृहत भेलालाई शनिबार सम्बोधन गर्नुहुदै स्नेहीले जनताको पक्षमा दृढता पुर्बक उभिने र जनताका समस्या र सवालहरुमा सकृय भएर लाग्ने बिश्वास दिलाउनु भयो ।
नेकपा एमालेका केन्द्रीय सदश्य एबम पुर्ब मन्त्री पठानसिह बोहरा र पुर्ब जिबिस सभापति गजेन्द्र शाही लगायतको दलबल सहित गाँउ पुगेका नेता स्नेहीले जिल्लाका १३ जना प्रतिष्पर्धी उम्मेदवार भन्दा आफु अब्बल र हरेक बेला जनताको माँझमा सदाबहार भेटिने नेताका रुपमा चिन्न मतदाताहरुलाई आग्रह गर्नुभयो ।

बेला बेला पार्टि फेर्नेहरु देखि देश जलाउने सम्मका उम्मेदवारहरु भोट माग्न आउलान उनीहरुबाट सचेत रहन आग्रह गर्दे उहाँले काठमाण्र्डौमा बस्ने चुनाबका बेला मात्रै जिल्ला आउनेहरु पनि उम्मेदवार बनेर भोट माग्न आउलान उनीहरुबाट पनि सचेत रहन मतदातालाई आग्रह गर्नुभयो । जनताका पक्षमा काम गरे बाफत एमाले बिरुद्ध राष्ट्रिय तथा अन्र्तराष्ट्रिय शक्तिहरु लागी परेको स्मरण गर्दे देश बचाउने र जोगाउने हो भने एमालेको बिकल्प नया शक्तिहरु ह्ुन नसक्ने ठोकुवा समेत स्नेहीले गर्नुभयो । भागेश्वर गाँउपालिका कमिटिका अध्यक्ष ज्ञानेन्द्र भाटको अध्यक्षतामा सम्पन्न भएको अगुवा कार्यकर्ता प्रशिक्षण भेलामा एमालेका उम्मेदवार स्नेही,नेकपा एमाले डडेल्धुरा इन्चार्ज तथा पुर्ब मन्त्री पठानसिह बोहरा,एमाले नेता एबम पुर्ब जिबिस सभापति गजेन्द्र शाही एमाले प्रदेश कमिटि सदश्य यज्ञराज अबस्थी र एमाले डडेल्धुरा अध्यक्ष गजेन्द्र शाही लगायतले आगामी निर्बाचनमा एमाले उम्मेदवार जिताउनका लागी सबै नेता कार्यकर्ताहरुले सकृय भएर जनताका माझमा जानुपर्ने बताउनु भएको थियो ।
एमाले सरकारमा रहदाँ जनताका पक्षमा गरेका कामहरुको सबिस्तार र राष्ट्रियताका सवालमा दृढ भएर अभिएका घटनाहरुको स्मरण गराएर जनताको पक्षमा काम गर्न एक पटक अनिवार्य रुपमा मतदान गरेर देशैभरबाट उम्मेदवारहरु बिजयी गराईदिन मतदाता सामु पुग्नुको बिकल्प नरहेको बताउनुभएको छ । यही फागुन २१ गते घोषणा भएको निर्बाचनमा डडेल्धुराबाट काग्रेसका उम्मेदवार नैनसिह महर,नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार मानसिह माल,राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा.तारा प्रशाद जोशी,स्वतन्त्र युबा जेनजी गौरब ऐर राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार गोबिन्द खडायत लगायतका उम्मेदवारहरु प्रष्तिष्पर्धामा उत्रिएका छन ।



