Amargadhi Post

सत्तरी र चौहत्तर बर्षका दुई बृद्धले नागरिकता हातमा पाँउदा खुसीको सिमा रहेन

लक्ष्मी ऐर 
डडेल्धुरा माघ २१ गते । सुन्दा अचम्म लाग्न सक्छ तर ७० बर्षिय र ७४ बर्षिय दुई बृद्धले बुधबार नागरिकताको प्रमाणपत्र हातमा पाँउदा उनीहरुमा खुसीको सिमा रहेन । कामको शिलशिलामा उनीहरु सानै छदाबाट भारत बस्दै आएपछि उनीहरुले नागरिकता बनाएका थिएनन । नागरिकता प्राप्त गर्नेहरुमागन्यापधुरा गाँउपालिका वडा नं.३ गौलीगाँउका गगन सिह खड्का र अमरगढी नगरपालिका ५ का एनबी तामाङ रहेका छन । सोलखुम्बु जिल्लाघर भएका तामाङ २०३५ साल‘‘देखि डडेल्धुराको अमरगढी ५ मा बसोबास गर्दे आएको भएपनि उनले बिबिध कारणले नेपाली नागरिकता बनाउन सकेका थिएनन । संबिधान सभा सदश्य एबम महिला अधिकारकर्मी ज्ञानु गैरीको बिशेष पहलमा जिल्ला प्रशासन कार्यालय डडेल्धुराबाट नागरिकता प्राप्त गरेका छन । नागरिकता प्राप्त गरेपछि उनीहरुले नेपाली नागरिक भएको अनुभुती भएको प्रतिकृया दिएका छन ।
जिबनको उतराद्र्धमा नागरिकता बनाएका उनीहरुले भारतका बिभिन्न सहरहरुमा काम गर्दे आएपनि नेपाली नागरिकताको आबश्यकता नपरेपछि आफुहरुले नागरिकता बनाउनुपर्ने महसुस नभएको तामाङले बताउनुभयो । नेपाल फर्किएको झण्डै सातादिन नबित्दै नागरिकता बनाउन संबिधान सभा सदश्य गैरीको आग्रह र बिशेष पहलमा नागरिकता प्राप्त गरेको र आफुहरुमा निकै खुसीको अनुभुती भएको तामाङले बताउनु भयो ।


नागरिकता प्राप्त भएपछि बुढेशकालको साहारा सगैं जेष्ठ नागरिक सुरक्षा भत्ता र स्वास्थ्य उपचारमा समेत सरकारले सुबिधा दिन थालेपछि नागरिकता बनाउनु परेको उनीहरुको भनाई थियो । सहायक प्रमुख जिल्ला अधिकारी अमरबहादुर वलीले बुधवार उनीहरुलाई जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा नागरिकता हस्तान्तरण गरेका हुन । वि.सं. २०१२ माघ १५ गते जन्मिएका खड्का १६ वर्षको उमेरमा रोजगारीको शिलशिलामा भारत गएका थिए । त्यसपछि उनको जीवन भारतका विभिन्न ठाउँमा मजदुरी गर्दै बितेको थियो । उनले भारतको एक कम्पनीमा मात्रै १२ वर्षसम्म चौकीदारी काम गरेको बताउछन । लामो समय विदेशमै बस्दा उनी परिवारको सम्पर्कबाहिर थिए । घरपरिवारमा उनी फर्किएर आउने आशा लगभग समाप्त भइसकेको थियो । तर ५५ वर्षपछि यहीँ माघ १६ गते भारतको गुजरातबाट उनी आफ्नो जन्मघर फर्किए । गाउँलेहरूका लागि यो आश्चर्य र खुसीको क्षण थियो । सबैभन्दा भावुक दृश्य भने उनकी ९९ वर्षीया आमा सिंजीदेवी खड्काको थियो । दशकौँअघि हराएको छोरो बुढेसकालमा फर्किएर आफ्नै आँखाअगाडि देख्दा उनी भावुक बनेकी थिईन ।
अब जीवनको बाँकी समय आफ्नै गाउँमै बिताउने सोच बनाएको छु,’ उनले भने । नागरिकता प्राप्तीका लागी बिशेष पहल गरेकी सबिधान सभा सदश्य गैरीले नागरिक प्राप्तीका लागी गरेको प्रयास सफल भएको खुसी ब्यक्त गर्नुहुन्छ । उनले भने— समाजिक क्षेत्र त्यसमा दुखी गरिबको साहारा बन्न पाउदा औधी खुसी लागेको बताउछिन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।