अमरगढीमा एमाले अगुवा कार्यकर्ता भेला सम्पन्न ः कार्ययोजना बनाएर अभियानलाई तिब्रता बनाउने प्रतिबद्धता
लक्ष्मी ऐर
डडेल्धुरा माघ २२ गते । नेकपा एमाले अमरगढी नगर कमिटिको आयोजनामा बिहिबार अगुवा कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
आसन्न फागुन २१ गतेको प्रतिनिधी सभाको निर्बाचनलाई लक्षित गरेर आयोजना गरिएको अगुवा कार्यकर्ता भेलाका सहभागीहरुले पार्टिका उम्मेदवार तथा पुर्ब राष्ट्रिय सभाका सदश्य चक्रप्रशाद स्नेहीको बिजयीका लागी चुनाबी अभियान तिब्रता बनाउने प्रतिबद्धता सहित भेला सम्पन्न भएको छ । अमरगढी नगर कमिटिका अध्यक्ष खकेन्द्र प्रशाद पन्तको अध्यक्षतामा सम्पन्न भेलाका प्रमुख अतिथी नेकपा एमालेका केन्द्रीय सदश्य एबम डडेल्धुरा इन्चार्ज पठानसिह बोहरा रहनु भएको थियो । भेलालाई सम्बोधन गर्नुहुदै नेकपा एमालेका उम्मेदवार चक्रप्रशाद स्नेहीले एमालेले उठाउदै आएको सुखी नेपाली समृद्ध नेपाल बनाउने अभिभारालाई पुरा गर्र्नका लागी उम्मेदवारी दिएको बताउनुभयो ।

एमाले सरकारमा रहँदा जनताका पक्षमा गरेका थुप्रै कामहरुको चर्चा गर्नुहुदै स्नेहीले राष्ट्र र राष्ट्रियताका सवालमा स्पष्ट अडान र दृष्टीकोण भएकाले आफ्नो जितको सुनिश्चितता भएको बताउनुभयो । आफ्ु बिगतमा राष्ट्रिय सभामा रहदा जिल्लाको बिकास समृद्धीका लागी आफुले खेलेको भुमिका महत्वपुर्ण रहेको भन्दै स्नेहीले जेनजीका नाममा देश जलाउनेहरुका हातमा दिने की देश बनाउनेहरुका हातमा दिने भन्ने बिषयमा फैसला गर्न जनता आतुर रहेको बताउनुभयो ।
पार्टीको र जिल्लाको आबश्यकतालाई हेरेर मलाई उम्मेदवार बनाएको छ भन्दै स्नेहीले दलित,महिला,आदिबासी जनजाती,सिमान्तकृत,मुक्त हलिया,बिकासको पहुँचबाट बिमुख रहेका जनताको पक्षमा राष्ट्रिय सभामा पटक पटक अवाज उठाउने ब्यक्ति भएकाले जितलाई कसैले छेक्न नसक्ने दाबी गर्नुभयो । यसैगरी अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुदै नेकपा एमाले केन्द्रीय सदश्य एबम पुर्बमन्त्री पठानसिह बोहराले जिल्लाको आबश्यकतालाई ध्यानमा राखेर उत्पीडन क्षेत्रको समुदाय र अनुभबी तथा निश्कलक ब्यक्तिको उम्मेदवारीले एमालेको जितलाई कसैले रोक्न नसक्ने बताए ।

देश बिसम परिस्थतीमा गुज्रीदै गईरहेको बताउनुहुदै नेता बोहराले एमाले यो देशको अरिहार्य शक्ति र पार्टी भएको भन्दै जनताको मनमनमा बस्न सफल भएको जिकिर गर्नुभयो । मतदाता सामु उम्मेदवार तथा पार्टीको प्रतिबद्धता सहितको चुनाबी घोषणापत्र लिएर मतदाता सामु पुगेर एमालेले गरेका कामहरुको फेहरीस्ता मात्रै दिन सक्यो भने जितलाई कसैले रोक्न नसक्ने बताए ।
कार्यक्रममा नेकपा एमाले प्रदेश कमिटि सदश्य एबम अमरगढी नगर इन्र्चाज करन ताम्राकारले चुनाबी अभियानलाई तिब्रता बनाउने गरि कार्ययोजना निर्माण गर्ने गरि अघि बढ्ने बताउनुभयो । अमरगढीका ११ वटै वडा भेला र टोल भेला गरेर घरदैलो अभियानलाई तिब्रता दिन्छौ नगर इन्चार्ज ताम्राकारले भने— नेता कार्यकर्ताहरु १ महिना आफ्नो ब्यक्तिगत काम भन्दा पार्टीले दिएको जिम्मेवारी लिएर बस्ती बस्ती सम्म पुग्न आग्रह गर्नुभयो ।

कार्यक्रममा नेकपा एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले चुनाबी अभियानलाई तिब्रता दिने गरि पालिका स्तरीय अगुवा कार्यकर्ता भेला धमाधम सम्पन्न भईरहेको जानकारी गराउनुभयो । परशुराम,आलिताल,भागेश्वर अमरगढीमा भेला सकिएका छन बाकी पालिकाको तयारी भईरहेको छ अध्यक्ष शाहीले भने— प्रतिनिधी सभाकालागी डडेल्धुराबाट रहेका १३ जना उम्मेदवार मध्ये एमाले उम्मेदवार सबैहिसाबले सबल र सक्षम रहेको बताउनुभयो । कार्यक्रममा नेकपा एमालेका प्रदेश कमिटि सचिबालय सदश्य ज्ञानु गैरे,एमाले नेता गजेन्द्र शाही लगायतका नेताहरुले अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दे प्रशिक्षण दिएका थिए । भेलाले अमरगढीका ११ वटै वडाका चुनाबी अभियानका कार्यक्रमहरु प्रभाबकारी ढंगले संचालन गर्ने गरि कार्ययोजना निर्माण भएको एमाले नगर कमिटि अध्यक्ष पन्तले जानकारी दिएका छन ।



