Amargadhi Post

किसान बहुउदेश्यिय सहकारीले दियो उग्रतारा क्षेत्र बिकास समितिलाई कम्प्युटर र प्रिन्टर

अमरगढी पोष्ट समाचार
डडेल्धुरा माघ २४ गते । किसान बहुउदेश्यिय सहकारी संस्था लिमिटेड केन्द्रीय कार्यालय कैलालीले डडेल्धुरा स्थित उग्रतारा क्षेत्र बिकास समितिलाई एक औपचारिक कार्यक्रमका बिच कम्प्युटर तथा प्रिन्टर हस्तान्तरण गरेको छ । उग्रतारा मन्दिर परिषरमा शनिबार एक कार्यक्रमका बिच किसान बहुउदेश्यिय सहकारी संस्थाका महाप्रबन्धक डम्बरबहादुर शाहले क्षेत्र बिकास समितिका अध्यक्ष तेजबहादुर सांकीलाई उक्त सामग्री हस्तान्त्ररण गरेको हो ।
सुदुरपश्चिम प्रदेशको लम्की चुहा कैलालीमा केन्द्रीय कार्यालय स्थापना गरि संचालनमा ल्याएको उक्त बहुउदेश्यिय सहकारीले जनउत्तरदायी अन्र्तगत उग्रतारा क्षेत्र बिकास समितिलाई उक्त सामग्री हस्तान्त्ररण गरेको जनाएको छ ।
झण्डै ७ अर्ब चुक्ता पुजी रहेको उक्त सहकारीमा एक लाख भन्दा बढी सेयर सदश्यहरु रहेको बताउनुहुदै महाप्रबन्धक शाहले सुदुरपश्चिम क्षेत्रको पहिलो सहकारी रहेको बताउनुभयो ।

 स्ुदुरपश्चिमका दार्चुला,बझाङ बाहेक अन्य सातवटै जिल्लामा सहकारीका शाखाहरु रहेको बताउनुहुदै महाप्रबन्धक शाहले सुदुरपश्चिमका जनताहरुको साथ र सहयोगले आगामी दिनमा थप शाखा बिस्तार गरिने बताउनुभयो । संचालक समितिका सदश्य तथा शिक्षा समितिका सयोजक सरोजकुमार शाहको अध्यक्षतामा सम्पन्न भएको उक्त हस्तान्त्ररण कार्यक्रमका प्रमुख अतिथी भने उग्रतारा क्षेत्र बिकास समितिका अध्यक्ष तेजबहादुर साकी रहनु भएको थियो । कार्यक्रममा नेपाल पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश उपाध्यक्ष मानबहादुर साँउदले सहकारी प्रतिको जनबिश्वास घट्न थालेको भन्दै शुसासन, पारदर्शिता र जवाफदेहीता बन्नुपर्नेमा जोड दिनुभयो ।
सहकारी संग जोडिएका कैयौ बचतकताहरु ठगिएको प्रसंग कोट्याउदै साँउदले सबैभन्दा नजिकको सेवाप्रदायक निकाय सहकारी भएको भएपनि पछिल्ला समयमा सहकारीबाट पिडित हुन थालेपछि जनबिश्वास घटेकाले यस प्रति सम्बेदनशिल हुन आग्रह गर्नुभयो । सहकारीले बचत र लगानी संगैं समाजिक जनउत्तरदायी कार्यक्रम ल्याउनु आबश्यक रहेको भन्दै जनताको भाबना र आबश्यकतालाई ध्यान दिएर जनताको बिश्वास कायम गर्न निकै चुनौती रहेको बताउनुभयो ।


कर्यक्रममा समाजसेबी सुन्दर जैरुले सहकारी प्रतिको जनबिश्वास घटीरहेकाले यस प्रति सचेत रहन आग्रह गर्दे समाजिक उत्तरदायी अन्र्तगत उग्रतारा क्षेत्र बिकास समितिलाई आबश्यक उपकरण दिएर प्रंशसनिय कार्य गरेको बताउनुभयो । क्षेत्र बिकास समितिका अध्यक्ष तेजबहादुर साकीले समितिको आबश्यकतालाई मध्यनजर गरेर आबश्यक उपकरण दिनुभएको प्रति सहकारीलाई धन्यबाद गरेका थिए । कार्यक्रमको संचालन किसान बहुउदेश्यिय सहकारी संस्था लिमिटेडका अमरगढी साखा प्रमुख बासु रावतले गर्नुभएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।