अमरगढी पोष्ट समाचार
डडेल्धुरा,फागुन ११ गते । नेपाली कम्युनिस्ट पार्टीले पार्टी विधान विपरीत गतिविधिमा संलग्न रहेको आरोपमा सुदूरपश्चिमका तीन नेतामाथि कारबाही गरेको छ । पार्टीको केन्द्रीय निर्वाचन परिचालन समितिले फागुन ११ गते जारी गरेको बिज्ञप्ती मार्फत केन्द्रीय सदस्य भरत धानुक (पुकार)डडेल्धुरा, दलबहादुर धामी (बैतडी) र दिपेन्द्र कुँवर (बैतडी) लाई पार्टीविरुद्ध गतिविधिमा संलग्न भएको ठहर गर्दै निष्काशन गरिएको जनाएको छ ।
बिज्ञप्तीमा उनीहरूले पार्टीको विधान विपरीत गतिविधि गरेको उल्लेख गर्दै पार्टी विधानको दफा १०९ बमोजिम अनुशासनात्मक कारबाही स्वरूप पार्टीबाट निष्काशन गरिएको स्पष्ट गरिएको जनाएको छ । केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायद्वारा हस्ताक्षरित उक्त निर्णय तत्काल लागू हुने जनाइएको छ। निर्बाचनको मुखैमा गरिएको कारबाहीले परिणाम कस्तो आउछ त्यो भने हेर्न बाकी छ ।



