Amargadhi Post

डडेल्धुरा काँग्रेस र (बिपी)काँग्रेस बिच एकता सम्भब छ ?

अमरगढी पोष्ट समाचार
डडेल्धुरा फागु्न ११ गते । आसन्न फागुन २१ गतेको प्रतिनिधी सभा निर्बाचन नजिकिदै गर्दा नेपाली काँग्रेस र नेपाली काँग्रेस बिपीका बिच एकता हुन लागेको हो ? या चुनाब उपयोग गर्ने रणनिति मात्र्रै हो बिश्वस्त हुन सक्ने आधार खुल्न सकेको छैन ।
काँग्रेस डडेल्धुराको सातौं जिल्ला अधिबेशनमा दुई पक्षबिच भएको बिबादले काग्रेस बिभाजित भएको थियो । तत्कालिन जिल्ला सभापति रहेका कर्णबहादुर मल्ल नेतृत्वको बहुमत जिल्ला कार्यसमितिलाई बाईपास गरि काँग्रेसका बर्तमान सभापति भीमबहादुर साँउदको नेतृत्वमा काँग्रेस जिल्ला कार्यसमिति चयन गर्दे अधिबेशन सम्पन्न गरिएको थियो । सदश्यता बिबादको बिषयलाई लिएर दुईपक्ष बिच भएको बिबादले साँउदको नेतृत्वमा अधिबेशन एकपक्षिय बनेको थियो भने मल्ल नेतृत्वको काँग्रेस अधिबेशनबाट भाग नलिई बाहिरिएको थियो । बिबाद समाधान हुन नसकेपछि मल्ल नेतृत्वको टिम नेपाली काँग्रेस बिपी पार्टी गठन गर्दे जिल्लामा सकृय रहदै आएको थियो ।
मल्ल नेतृत्वको बिपी काँग्रेसले जिल्लामा स्थानीय तह,प्रदेश र संघिय निर्बाचनमा भाग लिएपनि प्रदेशमा स्वतन्त्र उम्मेदवार डा.तारा प्रशाद जोशीलाई बिजयी गराउन सफल भएको थियो भने स्थानीय तहमा दुई वडा अध्यक्ष निर्बाचित गराउन सफल भएको थियो । तिन बर्ष अघि सम्पन्न भएको प्रतिनिधी सभाको निर्बाचनमा मल्लले झण्डै ७ हजार मत ल्याएर तेश्रो स्थान ओगटेको थियो ।


यस पटकको प्रतिनिधी सभाको निर्बाचनमा उम्मेदवारी नदिएको बिपी काँग्रेसले कुन उम्मेदवारलाई सहयोग गर्ने भन्ने निर्णयमा पुगीनसकेको अबस्थामा काँग्रेस भित्रको एकताका बिषय पनि पेचिलो बन्न पुगेको छ । तर एकता सम्भब छ त भन्ने सवालमा दुबै पक्षका नेता कार्यकर्ताहरु बिश्वस्त छैनन । नेपाली काँग्रेसको बिरासत रहदै आएको यो जिल्लामा एकाएक पुर्ब प्रधानमन्त्री एबम काँग्रेसका निबर्तमान केन्द्रीय सभापति शेरबहादुर देउवाले उम्मेदवारी नदिएपछि काँग्रेसको तर्फबाट युबा नेता नैनसिह महरको उम्मेदवारी रहेको छ । डडेल्धुरामा यो पटक १३ जनाको उम्मेदवारी रहेको प्रतिनिधी सभामा काँग्रेस बिपीले जनमत संकलन गर्दे जनताको आदेश अनुसार मतदान गर्ने भन्दै गाँउबस्ती छिरेपछि डडेल्धुरा काँग्रेसले शनिबार एकाएक बिज्ञप्ती जारी गर्दे बिपी काँग्रेसका नेता कार्यकर्ताहरुको कारबाही फुकुवा भएको र सहयोगका लागी आग्रह गरेको ठिक दुई दिन पछि सोमबार बिपी काँग्रेस डडेल्धुराले पनि बिज्ञप्ती जारी गर्र्दे सकारात्मक रुपमा लिएको बताएको छ । काँग्रेस जिल्ला सभापति भीमबहादुर साँउदद्धारा जारी गरिएको हस्ताक्षरित बिज्ञप्ती मार्फत काँग्रेसका उम्मेदवार नैनसिह महरलाई मतदान गरि सहयोग गर्न आह्वान गरेका थिए ।

 काँग्रेस भित्र उत्पन्न भएको बिबादका बिषयमा छलफल संम्बाद मार्फत समाधान खोजिने बताउनुहुदै साँउदले निकट भबिश्यमै हुन लागेको प्रतिनिधी सभाको निर्बाचनमा होमिन र सहयोग गर्न बिपी काँग्रेस संग आबद्ध नेता कार्यकर्ताहरुलाई आग्रह गरिएको छ । उता काँग्रेस बिपीका सभापति भरत नेपालीद्धारा हस्ताक्षरित बिज्ञप्ती मार्फत काँग्रेसद्धारा जारि गरिएको बिज्ञप्ती तथा आह्वानलाई सकारात्मक रुपमा लिएपनि सातौं जिल्ला अधिबेशनबाट उत्पन्न बिबाद र समस्याको समाधान नखोजीकन निर्बाचनमा सहयोग गर्न नसकिने आशयको जवाफ फर्काएको छ । पार्टी र संगठन भित्र बहुमतको निर्णयलाई मान्ने र अल्पमतको निर्णयको सम्मान गर्ने बिधी र पद्धती हुँदाहुदै एकलौटी रुपमा अधिबेशन गरिएको बिषयमा गम्भिर समिक्षा हुनु आबश्यक रहेको भन्दै नेपालीले समस्याको बाधक आफ्नो पार्टी नरहेको स्पष्ट पारेको छ । चुनाबको मुखैमा भईरहेको दुबैपक्षको बिज्ञप्तीबाजीलाई काँग्रेस बिचको एकता सम्भब की असम्भब अथ्र्याउन निकै गाहे रहेको जानकारहरु बताँउछन ।


चुनाबको मुखमा काँग्रेस कमजोर भएर एकताको प्रश्न उठेको हो की साच्चै काँग्रेस भित्रको एकता खड्कीएको हो यो भने बुझन कठिन छ । दुबै काँग्रेस भित्र चुनाबको मुखमै आएर यो प्रश्न किन उठ्यो एकाएक ? काँग्रेसको बिरासत जोगाउनका लागी दुबै पक्ष गम्भिर बनेका हुन या अस्तित्व भित्रको लडाईले चुनाबलाई उपयोग गर्न खोजिएको हो यो भने हेर्न बाँकी छ । काँग्रेसभित्रको बिज्ञप्तीबाजीलाई काँग्रेसकै नेता कार्यकर्ताहरुले सान्र्दभिक नभएको र यो बेला यस्तो नौटकीले चुनाबमा क्षती पुग्न सक्ने एकथरी नेताहरुको बिश्लेषण छ ।
बिभाजित काँग्रेस एक नभए अन्य उम्मेदवार संग जित हात पार्न मुस्किल रहेको बिश्लेषण गरिरहेका अर्काथरीका काँग्रेसहरु उम्मेदवार प्रति चित्त नबुझ्दा नबुझदै पनि काँग्रेसको बिरासत जोगाएर जाँदा आगामी राजनैनिक यात्रा ठिक रहने दाबी गर्दे दुबै पक्षबिचको सम्बादलाई सकारात्मक रुपमा लिइएको देखिन्छ ।

 निर्बाचन सबैथोक होईन अन्यायका बिरुद्धमा जन्मीएको बिपी काँग्रेसले न्याय स्थापित नगरिकनै कसरी आत्मसर्मपण गर्छ भन्दै एकथरीहरु तिखो टिप्पणी गरिरहेका बेला कसरी सम्भब होला त एकता प्रश्न निकै पेचिलो छ ? हो नेताहरुले आफ्नो नाफा घाटा र राजनितिलाई आफु संग जोडेर गरिरहेका प्रयास कार्यकर्ताहरुको चित्तबुझाउन सक्छन की सक्दैन यो सवाल पनि गम्भिर बन्न सक्छ । काग्रेसको भित्र भएको फुट झण्डै चार बर्ष बित्नै लाग्यो किन एक हुन सकेन र किन यतिका समयसम्म पहलकदमी हुन सकेन र अहिले चुनाबको मुखैमा आएको यो अप्रत्यासीत बिषय समिक्षा नगरिकनै निर्णयमा पुग्दा अर्काै दुर्घटनाको सामना गर्नु नपर्ला भन्न सकिने आधार देखिदैन त्यसैले अन्यायका बिरुद्धको संर्घष र समस्याको समाधान न्यायलाई आत्मसाथ नगरिकन गरिने निर्णयले सामुहिकता माथीको प्रश्नको जवाफ दिने गरि अघि बढ्न सक्छन की सक्दैनन त्यसको सामना गर्न सक्छन की सक्दैनन त्यो भने समयले निश्चय पनि प्रष्ट्रयाउने छ । न्यायका लागी गरिएको संर्घष आत्मसम्मान स्थापित गर्ने की आत्मसर्मपण गरेर निकास खोज्ने सवाल निकै गम्भिर र ओजिलो बन्ने देखिन्छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।