अमरगढी पोष्ट समाचार
डडेल्धुरा,फागुन २३ गते । डडेल्धुराबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्टिय स्वतन्त्र पार्टीका तर्फबाट बिजयी बन्नु भएका तारा प्रशाद जोशीलाई नेकपा एमालेका उम्मेदवार चक्रप्रशाद स्नेहीले बद्याई तथा शुभकामना दिएका छन ।
मतगणना सम्पन्न भएको लगत्तै स्नेहीले मुख्य निर्बाचन अधिकृतको कार्यालयमा भेटगर्दे स्नेहीले आफ्नो प्रतिस्पर्धी डा. जोशीलाई उच्च राजनीतिक सम्मान सहित बधाई दिँदै आगामी कार्यकाल सफल होस् भन्ने कामना गरेका हुन ।
उनले निर्वाचन सकिएसँगै प्रतिस्पर्धीलाई सम्मानपूर्वक खादा ओढाएर बधाई सहित शुभकामना दिँदै राजनीतिक संस्कार प्रस्तुत गरेका छन् । स्नेहीले डडेल्धुराका सम्पुर्ण मतदाताहरु प्रति आभार र धन्यबाद दिदै तपाईहरुले दिनुभएको माया स्नेह र मत प्रति कृतज्ञ रहेको बताउनुभयो । जित हार लोकतान्त्रिक प्रक्रियामा स्वभाबिक रहेको भन्दै जनताको साथमा हिजो पनि थिए अहिले पनि छु भोली पनि रहने प्रतिबद्धता समेत स्नेहीले ब्यक्त गर्नुभएको छ ।
त्यस्तै उनले निर्वाचनमा आफूलाई मत दिएका तथा साथ–समर्थन गर्ने सम्पूर्ण मतदाता, शुभेच्छुक, पार्टीका नेताकार्यकर्ता र सहयोगीहरूलाई धन्यवाद पनि व्यक्त गरेका छन । प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत डडेल्धुरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का डा.ताराप्रशाद जोशी बिजयी भएका छन । उनलृ १९ हजार १३१ मत ल्याएर बिजयी भएका हुन । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली कांग्रेसका उम्मेदवार नैन सिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् । नेकपाका उम्मेदवार मानसिंह मालले ६ हजार ८३४ र नेकपा एमालेका उम्मेदवार चक्रप्रशाद स्नेहीले ३ हजार २६ मत प्राप्त गरेका छन् ।

