Amargadhi Post

डडेल्धुरा उद्योग बाणिज्य संघको अध्यक्षमा महता

अमरगढी पोष्ट समाचार
डडेल्धुरा फागुन ३० गते । डडेल्धुरा उद्योग वाणिज्य संघ डडेल्धुराको अध्यक्षमा दिपकबहादुर महता निर्विरोध निर्वाचित भएका छन । उनको नेतृत्वमा २० सदश्यिय जिल्ला कार्यसमिति चयन भएको छ ।
श्निबार एक औपचारिक कार्यक्रमका बिच निर्वाचन समितिले नब निर्बाचित कमिटिको घोषणा गरिएको थियो । उद्योग बाणिज्य संघका निबर्तमान अध्यक्ष द्धिजराज भटटको अध्यक्षतामा भएको सपथ तथा बद्याई ज्ञापन कार्यक्रममा निर्बाचन अधिकृत अधिबक्ता हरिप्रशाद भटटले नब निर्बाचित पदाधिकारी तथा सदश्यहरुको नामावली सार्बजनिक गर्नुभएको थियो ।
समितिको बरिष्ठ उपाध्यक्षमा लालमणी पन्त,वाणिज्य उपाध्यक्षमा दिनेशप्रसाद पनेरु र उद्योग उपाध्यक्षमा वासुदेव जोशी चयन भएका हुन ।
यसैगरी महासचिवमा मीनाकुमारी फुलारा, वाणिज्य सचिवमा धनबहादुर ठकुराठी, उद्योग सचिवमा नेत्रप्रसाद अवस्थी र महिला सचिवमा कमलाकुमारी जैसी र कोषाध्यक्षमा सीताराम पाण्डेय निर्वाचित भएका छन ।


यसैगरी खुला सदस्यतर्फ हरिप्रसाद उप्रेती, सुभाषचन्द्र भट्ट, शैलेन्द्र भट्ट, विकास पन्त, वसन्तराज पाण्डेय, जगदीश सिंह रावल र सिद्धराज भट्ट निर्वाचित भएको निर्बाचन अधिकृत भटटले जानकारी दिनुभयो ।
यसैगरी महिला सदस्यमा पुनम नगरकोटी र सिर्जना जोशी तथा दलित सदस्यमा शेरबहादुर सुनार र सुरेन्द्रबहादुर सार्की निर्विरोध निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ । नबनिर्बाचित कार्यसमितिका अध्यक्ष दिपक महतालाई निर्बतमान अध्यक्ष द्धिजराज भटटले पद तथा गोपनियताको सपथग्रहण गराउनु भएको थियो भने निर्बाचित अध्यक्ष महताले आफ्नो मातहत रहेको पदाधिकारी तथा सदश्यहरुलाई सपथ ग्रहण गराउनु भएको थियो । नबनिर्बाचित कार्यसमितिलाई बद्याई दिनुहुदै नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका उपाध्यक्ष मानबहादुर साँउदले उद्योगी ब्याबसायीहरुको पेशागत हकहितमा दृढताका साथ काम गर्न सुझाब दिएका थिए ।

 यसैगरी उद्योग बाणिज्य संघका पुर्ब अध्यक्ष लोकराज भटट ,निर्बतमान अध्यक्ष द्धिजराज भटट पुर्ब अध्यक्ष उपेन्द्र जोशी,पत्रकार महासंघका जिल्ला अध्यक्ष हिक्मत सिह,निर्माण ब्याबसायी संघका जिल्ला अध्यक्ष भवानीदत्त अबस्थी,उद्योग बाणिज्य संघका पुर्ब उपाध्यक्ष राजेन्द्र सिह भण्डारी र अमरगढी नगरपालिका वडा नं.५ का कार्यपालिका सदश्य प्रकाश जैरुले शुभकामना तथा बद्याई मनतब्य ब्यक्त गरेका थिए । उद्योगी ब्यबसायीहरुका समस्याहरुलाई समाधान गर्न राज्यका निकायहरु संग समन्य र सहकार्य गर्नुपर्नेमा जोड दिनुहुदै अभिभाबकत्वको भुमिका निर्बाह उद्योग बाणिज्य संघको नबनिर्बाचित टिमलाई बद्याई ज्ञापन गरिएको थियो ।

 

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।