लक्ष्मी ऐर
डडेल्धुरा,चैत २८ गते । डडेल्धुरा खंलगा खानेपानी उपभोक्ता तथा सरसफाई समितिका्े अध्यक्षमा पुन ः जोगबहादुर ऐर सर्बसम्मत चयन हुनु भएको छ । शनिबार ऐरको नेतृत्वमा बनेको सर्बसम्मत जिल्ला कार्य समितिको उपाध्यक्षमा सागर नगरकोटी,महासचिब सुदिप जैरु,कोषाध्यक्ष इन्द्रबहादुर ऐर,सचिब पदमा देबी भण्डारी,सदश्यहरुमा राजेन्द्र जैरु,बिष्णुराज ओझा र डम्बरहादुर थापा रहेका छन ।
निर्बाचनका लागी उम्मेदवारी मनोनयमा सबै पदहरुमा एकल उम्मेदवारी दर्ता भएपछि स्वतः निबिरोध कार्य समिति बनेको निर्बाचन समितिले जनाएको छ ।
दुई साता अघि उद्घाटनशत्र सम्पन्न भएको उपभोक्ता समितिको सधारण समामा गणपुरक उपस्थिती पुग्न नसक्दा नेतृत्व चयन हुनमा ढिलाई भएको थियो । निर्बाचन समितिका प्रमुख अधिबक्ता युबराज जोशीले उम्मेदवारी मनोनयनमा सिगो कार्य समितिको हरेक पदहरुमा एकल उम्मेदवारी परेकाले सर्बसम्मत भएपनि कानुनी प्रक्रियाका आधारमा छिटटै घोषणा गरिने बताउनु भयो ।
उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भईसकेको छ तर कानुनी रुपमा दाबी बिरोधको समयसिमा निर्धारण भएकाले त्यो समय सकिनासाथ घोषणा गरिने निर्बाचन प्रमुख जोशीले जानकारी गराउनु भएको छ ।
डडेल्धुरा सदरमुकाममा रहेको खंलगा खानेपानी उपभोक्ता समिति जिल्लाभरीमै सबै भन्दा ठुलो सदश्य संख्या रहेको समिति हो । बिगतका बर्षहरुमा निर्बाचन मार्फत नेतृत्व चयन हुदै आईरहेको भएपनि यो पटक भने सर्बसम्मत नेतृत्व चयन गर्दे सधारण सभा सम्पन्न भएको छ । जिल्ला सदरमुकाम डडेल्धुरा बजार,तुफानडाडा,किर्तिपुर,खंलगा,टुडीखेल लगायतका आसपासका ३० हजार भन्दा बढी जनख्यालाई खानेपानीको आपुर्ति गर्दे आईरहेको छ । केही बर्ष अघि करौडौं रुपैयाको लागतमा ब्यबस्थित खानेपानी योजना सम्पन्न भएपछि ब्यबस्थित रुपमा मिटर प्रणालीबाट खानेपानीको आपुर्ति हुदै आईरहेको छ ।



