Amargadhi Post

डडेल्धुरा महोत्सबमा लाग्यो,दर्शकको घुँईचो

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,बैसाख ५ गते । डडेल्धुरामा कृषि, पर्यटन, कला, संस्कृति तथा औद्योगिक व्यापार मेला एवम डडेल्धुरा महोत्सवमा दर्शहरुको भिड लाग्न थालेको छ । राष्ट्रिय संगीतकर्मी सङ्घ डडेल्धुरा जिल्ला शाखाको आयोजनामा सुरु भएको महोत्सवमा शनिबार झण्डै पाचहरु दर्शकरुले सहभागी रहेको आयोजकको दाबी रहेको छ ।
वैशाख १० गतेसम्म सञ्चालन उक्त महोत्सबमा शनिबार सुदुरपश्चिमका चर्चित कलाकार चक्र बमको प्रस्तुती हेर्न हजारौंको भिडले टुडीखेल खचाखच भरिएको थियो ।
अहिले सम्मकै सबैभन्दा बढी दर्शकहरु सहभागी रहेको आजको महोत्सबमा चर्चित कलाकार बमले बिभिन्न गित,देउडाहरुमा दर्शहरु निकै झुमिएका थिए । उनका गितहरुमा डडेल्धुराका युबा युबतीहरुले भरपुर मनोरञ्जन लिएका थिए । यसैगरी शनिबार नै डडेल्धुराका चर्चित कलाकार सुधिर जैरुको प्रस्तुतीमा डडेल्धुराका दर्शकहरु निकै झुमिएका थिए ।


यसैगरी बैसाख २ गते राष्टिय चर्चित कलाकार ज्वोती मगरको आगमनले डडेल्धुराका स्थानीयहरुले संगित मार्फत मनोरञ्जन लिएका थिए । जिल्ला समन्वय प्रमुख गगनसिह भण्डारीले उद्घाटन गर्नुभएको उक्त महोत्सबमा राष्टिय तथा स्थानीय कलाकारहरुले सांस्कृतिक मनोरञ्जन सहित स्थानी ब्यपार ब्यबसायमा टेवा पुगेको छ ।
यसैगरी बिहिबार गायक टंक तिमिल्ेसना,निर्मला भण्डारी मोडेल अनुपा बिसी लगायतका कलाकारहरुको बेजोड प्रस्तुतीले डडेल्धुरा महोत्सबको रौनकता दिन प्रतिदिन बढीरहेको आयोजकले जनाएको छ । राष्टिय कलाकार र स्थानीय कलाकारहरु मार्फत महोत्सबमा बिभिन्न प्रस्तुती गराउने लक्ष्य लिईएको आयोजक सुन्दर जैरुले बताउनुभयो ।


डडेल्धुरामा नयाँ बर्षको आगमनमा महोत्सबको आयोजना गरेर डडेल्धुराका स्थानीय बासिन्दाहरुलाई साँस्कृतिक माध्यम मार्फत मनोरञ्जन दिनका लागी आयोजना गरिएको उहाले बताउनुभयो । महोत्सबमा स्थानीय उत्पादन, कला र संस्कृतिको संरक्षण तथा प्रवद्र्धनमा समेत महत्वपूर्ण योगदान पुर्याउने उदेश्यका साथ आयोजना गरिएको महोत्सबका मुल सयोजक गणेश केसीले जानकारी दिनुभयो । केसीका अनुसार महोत्सवको मुख्य उद्देश्य स्थानीय कला तथा संस्कृतिको संरक्षण, कृषि उत्पादनको प्रवद्र्धन तथा व्यापारिक गतिविधि विस्तार गर्ने उदेश्यका साथ आयोजना गरिएको स्ष्ट पारेका छन । आगामी दिनहरुमा राष्टिय स्तरका चर्चित कलाकारहरुको उपस्थिती रहने जानकारी समेत दिएको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।