लक्ष्मी ऐर
डडेल्धुरा,जेठ २४ गते । राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो जिल्ला अबिधेशनबाट पुन अध्यक्षमा सुरेन्द्र अबस्थी सर्बसम्मत चयन भएको छ ।
शनिबार उद्घाटन भएको जिल्ला अधिबेशनले दुई पदाधिकारी बाहेक सबै पदमा अनिबार नै सर्बसम्मत चयन गरेपनि दुई पदका लागी भएको रस्साकसीमा अन्तत ः आईतबार मतदानबाट उम्मेदवार चयन गरेको छ ।
उपसभापति र सचिबमा दुई दुईजनाको उम्मद्वारी परेपछि सर्बसम्मतको प्रयास बिफल भएपछि आईतबार दिउसो मतदान भएको छ । उपसभापतिमा मदन धामी (कुशल) र चन्द्रबहादुर खड्का सचिबमा टंक अबस्थी र संगिता भण्डारीका बिचमा निर्बाचन भएको थियो । उपसभापतिमा धामीले ९९ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी खड्काले २७ मत ल्याएका छन । यसैगरी सचिबमा अबस्थीले ६८ मत प्राप्त गर्दा उनका प्रतिद्धन्द्धी भण्डारीले ६० मत ल्याएका छन । उपसचिबमा बासु पाण्डेय,कोषाध्यक्षमा मिना फुलारा सदश्यहरुमा देबसिह भाट,चन्द्रदेब कुबर,सन्तोश ऐर जितेन्द्र जैरु सर्बैसम्मत चयन भएका थिए ।
रास्वपाको पहिलो अधिबेशनमा नेतृत्वचयनको बिषयमा तिब्र मतभेद सिर्जना भएपछि अन्तत ः निर्बाचनबाटै कमिटिलाई पुर्णता दिएको छ । रास्वपाको पहिलो अधिबेशनमै ब्यापक गुटबन्दी सिर्जना भएपछि सर्बसम्मत नेतृत्व चयन गर्न पहिलो अधिबेशन बिफल भएको छ ।
सभापति सुरेन्द्र अबस्थी र डडेल्धुराबाट प्रत्यक्ष निर्बाचित माननिय डा.तारा प्रशाद जोशीका बिचमा स्पष्ट दुईलाईन देखिएपछि अधिबेशन दुई कित्तामा बिभाजित भएको थियो । डा.जोशीले सचिबमा भण्डारीलाई उम्मेदवार बनाएपछि सभापति सुरेन्द्र अबस्थी सहितका अधिकाँस प्रतिनिधीहरुले युबा नेता टंक अबस्थीलाई अगाढी सारेका थिए । अबस्थी र भण्डारीका बिचमा भएको मतदानबाट टंक अबस्थी सचिबमा निर्बाचित भएका छन । जिल्ला अधिबेशनमा रास्पवाका १७१ जना अधिबेशन प्रतिनिधी रहेका थिए । रास्वपाको जिल्ला अधिबेशनमा अधिकाँस प्रतिनिधीहरु काँग्रेस,एमाले,समाजबादी र माओबादी संग बिगत लामो समय आबद्ध रहेका सकृय नेता कार्यकर्ताहरुको बर्चश्व देखिएको छ ।



