Amargadhi Post

संविधान संशोधन बहसपत्र तयारी कार्यदलद्वारा पूर्वप्रधानमन्त्रीसँग छलफल

अमरगढी पोष्ट समाचार
काठमाडौँ, जेठ २८ गते । प्रधानमन्त्री वालेन्द्र शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहसपत्र’ तयारी कार्यदलले आज पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र झलनाथ खनालसँग छलफल गरेको छ ।

सुझाव सङ्कलनका क्रममा संयोजक शाहसहितको कार्यदलको टोली ललितपुरको मानभवनस्थित पुष्पकमल दाहालको निवास पुगेको थियो । सोही निवासमा पूर्वप्रधानमन्त्रीत्रय दाहाल, नेपाल र खनालको उपस्थितिमा कार्यदलले सामूहिक छलफल गरेको हो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।