Amargadhi Post

केपि ओलीको निर्णयले एमालेका नेताहरू चकित, भोलि स्थायी कमिटी बैठक बस्ने

अमरगढी समाचार
काठमाण्डौं,भाद्र ७, गते । नेकपा एमालेले केन्द्रदेखि टोलसम्मका सबै पुराना कमिटी बिउँताउने भएको छ । माधव नेपालको साथ छाडेर मध्यमार्गी भूमिकामा बसेका नेताहरू अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटमा आज सोमवार भएको छलफलमा पार्टी एकता कार्यदलले बनाएको १० बुँदे सहमति कार्यान्वयन गर्ने सहमति गरेको नेता योगेश भट्टराईले जानकारी दिनुभयो ।

आजको सहमतिअनुसार एमालेका केन्द्रदेखि टोलसम्मका सबै कमिटी २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्कनेछन् । यस्तै नवौँ महाधिवेशनपछि नेताले जे जिम्मेवारी पाएका थिए ती सबै जिम्मेवारी पनि पुनः क्रियाशील हुने नेता भट्टराईले बताउनुभयो । १० बुँदे सहमति कार्यान्वयनको थप मोडालिटी तय गर्न भोलि मङ्गलवार नै स्थायी कमिटीको बैठक बस्ने र केही दिनमै केन्द्रीय कमिटीको बैठक पनि बस्ने नेता भट्टराईले बताउनुभयो ।

आजको छलफलमा अध्यक्ष ओलीले आफूले पार्टीका सबै नेतालाई समान व्यवहार गर्ने, पार्टीलाई एकताबद्ध बनाउन जिम्मेवार रहेको र नेताहरूलाई पुरानै जिम्मेवारी दिन तयार रहेको बताउनुभएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।