Amargadhi Post

कञ्चनपुर घर भएका असईको दुर्घटनामा मृत्यु, हेलिकोप्टरमार्फत ल्याइयो शव

अमरगढी समाचार
धनगढी,भदौ,१२ गते । सवारी दुर्घटनामा घाइते भई उपचाररत कञ्चनपुर घर भएका एक प्रहरी सहायक निरीक्षक९असई० को ज्यान गएको छ। जिल्लाको भीमदत्त नगरपालिका–७ हल्दुखालका ४७ वर्षीय असई मानसिंह टेर यही भदौ ८ गते दुर्घटनामा परेका थिए।
रुपन्देहीको सैनामैना नगरपालिका–१ बनकट्टास्थित अस्थायी ट्राफिक प्रहरी पोष्टामा कार्यरत उनीलाई सवारी चेकिङको क्रममा लु६२प ९९०६ नम्बरको मोटरसाइलले ठक्कर दिएको थियो। ठक्करपछि घाइते भएका उनको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचार भइरहेकोमा शुक्रबार ज्यान गएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

मृत्युपछि टेरको शव हेलिकोप्टरमार्फत शनिबार कञ्चनपुर ल्याइएको छ। उनको शव शनिबार बिहान ९ बजे सिम्रिक इयरको हेलिकोप्टरबाट आएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

उनको शनिबार नै भीमदत्त नगरपालिका–११ भुजेलास्थित आर्यघाँटमा अन्तिम संस्कार गरिएको प्रहरीले जनाएको छ। उनको शोक सलामी अर्पण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक उमाप्रसाद चुतुर्बेदी सरिक भएका थिए।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।