लक्ष्मी ऐर
डडेल्धुरा,चैत्र १४ गते । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) को सम्पूर्ण तयारी पूरा भएको शिक्षा समन्वय कार्यालय डडेल्धुराले जनाएको छ ।
सबै परीक्षा केन्द्रका लागि केन्द्राध्यक्ष नियुक्ती, सुरक्षा व्यबस्था, जनशक्ति परिचालन, प्रश्नपत्र र उत्तर पुस्तिका पु¥याउने लगायतका काम सकिएको छ ।
सुदूरपश्चिमका नौ वटै जिल्लाबाट परीक्षा दिन नियमित, ग्रेडवृद्धि, प्राविधिक धारतर्फ गरेर २७ हजार दुई सय ४४ छात्र र २७ हजार सात सय ६६ छात्रा गरेर ५५ हजार १० विद्यार्थी एसइईमा सहभागी हुने भएका छन । साधारण (नियमिततर्फ) छात्र २५ हजार ८८, छात्रा २५ हजार सात सय २६ गरेर ५० हजार आठ सय २४, ग्रेडवृद्धितर्फ छात्र एक हजार १७, छात्रा एक हजार तीन सय २६ गरेर दुई हजार तीन सय ४३, प्राविधिक धारतर्फ नियमिततर्फ छात्र एक हजार एक सय ३९, छात्रा सात सय चार गरेर एक हजार ८ सय ३३ छन ।
परिक्षाको सम्पूर्ण तयारी पुरा भएको र सौर्हाद रुपमा परिक्षा सम्पन्न गर्न सम्वन्धित सबैलाई शिक्षा बिकास तथा समन्वय इकाई डडेल्धुराका प्रमुख नारद प्रसाद जोशीले आग्रह गरेका छन ।
परिक्षालाई मर्यादित र ब्यबस्थित बनाउन केन्द्राध्यक्ष,सहायक केन्द्राध्यक्षलाई निर्देशन दिएर आफ्नो परिक्षाकेन्द्रमा पठाईएको जानकारी समेत जोशीले दिनुभयो ।
