Amargadhi Post

पुर्ब प्रधानमनत्री देउवा डडेल्धुरामै,परराष्ट्रमन्त्री आरजु राणा देउवा आज डडेल्धुरा आउनुहुदैं

लक्ष्मी ऐर 
डडेल्धुरा,कार्तिक ३० गते । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा आफ्नो गृह जिल्ला आउने कार्यक्रम तय भएको छ । शुक्रबार दिउसो ३ः३० बजे डडेल्धुरा सदरमुकाममा पुग्ने कार्यक्रम रहेको काँग्रेस डडेल्धुराले जनाएको छ ।
नेपाली कांग्रेसका केन्द्रीय सभापती एबम पुर्ब प्रधानमन्त्री शेरबहादुर देउवा एकसाता देखि डडेल्धुरामै रहेका बेला उनकी धर्मपत्नी परराष्ट्रमन्त्री डा. आरजु राणा पनि डडेल्धुरा आउने कार्यक्रम रहेको काँग्रेस जिल्ला सभापती भीमबहादुर साँउदले जानकारी दिनुभएको छ ।
सभापती साँउँदले बिहिबार एक प्रेस बिज्ञप्ती जारी गर्दे परराष्ट्रमन्त्री राणाको स्वागतमा डडेल्धुरा बसपार्कमा उपस्थिती हुन काँग्रेसका नेता कार्यकर्ता सहित सुभेच्छुकहरुलाई आग्रह गरेका छन । देउवा दम्पती आफ्नो जन्मघर डडेल्धुराको गन्यापधुरा गाँउपालिका वडा नं.१ ँरुवाखोलामा यही कार्तिक ३० गते साँझ कुलदेबताको पुजापाठ गर्ने कार्यक्रम रहेको सभापती साउदले जानकारी गराउनु भएको छ । एकसाता देखि डडेल्धुरामा रहनु भएका देउवाले स्थानिय नेता कार्यकर्ता र मतदाताहरु संगको भेटघाट छलफल र धार्मिक मठमन्दिरको पुजा पाठ र धामिक मेलाहरुमा समेत सहभागी रहेका थिए । भोली हुने सुदुपश्चिमको प्रशिद्ध उग्रतारा धार्मिक मेलामा सहभागी भएर राजधानी फर्किने कार्यक्रम रहेको देउवाका प्रमुख स्वकीय सचिब भानु देउवाले जानकारी दिनुभएको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।