Amargadhi Post

डडेल्धुरा जेसीजले ग¥यो उग्रतारा मन्दिर सरसफाई

लक्ष्मी ऐर
डडेल्धुरा,कार्तिक २ गते । डडेल्धुरा जेसीज बर्ष २०२४ ले आईतबार बिहान उग्रतारा मन्दिर परिषर सरसफाई गरेको छ ।
शनिबार उग्रतारा मेला(देहीजाँत) मा उग्रतारा मन्दिर परिषर भित्र ब्यापक फोहरमैला भएकाले त्यसको सरसफाईका लागी नेपाल प्रहरी, धयचमि ष्लिप इन्टरनेट डडेल्धुराको सहकार्यमा डडेल्धुरा जेसीज बर्ष २०२४ ले सरसफाई गरेको हो ।
डडेल्धुरा जेसीज बर्ष २०२४ ले यही मंसिर १ गते देखि ७ गते सम्म आयोजना गरेको डडेल्धुरा जेसीज सप्ताहको दोश्रो दिन उग्रतारा मन्दिरमा सरसफाई गरि मनाएको हो ।
सप्ताह कार्यक्रम अन्र्तगत पहिलो दिन शनिबार उग्रतारा मेला देहीजातमा एक सय पेटी शुद्ध पिउने खानेपानी बितरण गरि अभियानको सुभारम्भ गरिएको जेसीज डडेल्धुराकी अध्यक्ष लक्ष्मी ऐरले जानकारी दिनुभयो । यही ३ गते अनाथ बालबालिकालाई शैक्षिक सामग्री बितरण ४ गते स्लो बाईक रेस र ५ गते देखि ७ खुल्ला सम्म भलिबाल प्रतियोगिताको आयोजना गरिएको जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।