Amargadhi Post

डडेल्धुरा जेसीज सप्ताह भब्यताका साथ सम्पन्न

खुल्ला भलिबलको उपाधी जिएसएम बिल्र्डसलाई

मानबहादुर साँउद
डडेल्धुरा,कार्तिक ८ गते । डडेल्धुरा जेसीज बर्ष २०२४ को आयोजनामा भएको जेसीज सप्ताह भब्यताका साथ सम्पन्न भएको छ ।
मसिर १ गते उग्रतारा देहीजातका दिन निःशुल्क खानेपानी बितरण गरेर उद्घाटन भएको जेसीज सप्ताह कार्यक्रममा बिबिध कार्यक्रम गरि सम्पन्न भएको छ । जेसीज सप्ताह अन्र्तगत उग्रतारा मन्दिर सरसफाई,स्लो मोटरबाईक रेस,अनाथ बालबालिकालाई शैक्षिक सामग्री र खुल्ला पुरुष भलिबल प्रतियोगिता गरि भब्यताका आठ दिन सम्म सप्ताह मनाईएको थियो । सप्ताह अन्र्तगत खुल्ला पुरुष भलिबल प्रतियोगिता चार दिन सम्म चलेको थियो । भलिबल प्रतियोगिताको उद्घाटन गाँउपालिका महासंघका केन्द्रीय कोषाध्यक्ष एबम अजयमेरु गाँउपालिकाका अध्यक्ष उमेशप्रशाद भट्ट बिकासले गर्नुभएको थियो । खुल्ला भलिबल प्रतियोगिताको उपाधी जिएसएम बिल्र्डस ले हात पारेको थियो । अर्जुबाण गण दह ब्यारेक डडेल्धुरालाई ३–२ को सेटमा पराजित गर्दे जिएसएम बिल्डर्सले उपाधी हात पारेको हो ।


उपाधिसँगै जिएसएम बिल्डर्सले ५५ हजार ५ सय ५५ रुपैयाँ र दोस्रो स्थानमा चित्त बुझाएको अर्जुनवाण गणले २५ हजार ५ सय २५ रुपैयाँ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । प्रतियोगितामा जिवीएल हार्डवेयर प्रालिलाई पराजित गर्दे मिसन निशान्त कालीज फर्म तेश्रो उपाधी हात पार्न सफल भयो । उसले १५ हजार ५ सय ५५ नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । डडेल्धुरा जेसीज वर्ष २०२४ को आयोजना तथा अजयमेरु गाउँपालिका र समाजिक बिकास मन्त्रालय कैलाली मुख्य प्रायोजनमा बुधबार देखि सुरु भएको प्रतियोगिता शनिवार सकिएको हो । यसैगरी परशुराम नगरपालिका,भागेश्वर गाँउपालिका,आलिताल गाँउपालिका,नबदुर्गा गाँउपालिका,र गन्यापधुरा गाँउपालिका प्रायोजकका रुपमा रहनु भएको जनाएको छ ।


जिएसएम बिल्डर्सका बलदेव धामी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन । उनले पाँच हजार नगद सहित ट्रफी पाएका थिए । उक्त प्रतियोगितामा बेस्ट ब्लकर जिएसएम बिल्डर्सका भरत विक, बेस्ट सटर बिल्डर्सकै सागर जैरु, बेस्ट स्पाइकर अर्जुनवाण गणका आशिक सुनार र बेस्ट डिफेन्सर सुदीप छन्त्याल बनेका छन ।
विधागत रूपमा उत्कृष्ट खेलाडीलाई ट्रफी प्रदान गरिएको थियो । डडेल्धुरा जेसीज वर्ष २०२४ की अध्यक्ष लक्ष्मीकुमारी ऐरले प्रतियोगितालाई सभ्य र भव्य रूपमा सम्पन्न गर्न सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी थिईन । उनले अर्जुनबाण गण दह ब्यारेक डडेल्धुराका गणपती र अमरगढी नगरपालिकाका वडा नं.५ का वडा अध्यक्ष टंकबहादुर क्षत्री लगायतका अन्य अतिथीहरुलाई मायाको चिनो तथा सम्मानपत्र उपलब्ध गराएकी थिईन ।


समापन कार्यक्रममै अजयमेरु गाँउपालिकाका अध्यक्ष उमेश भट्ट बिकास प्रमुख अतिथी रहनु भएको थियो भने गन्यापधुरा गाँउपालिकाका अध्यक्ष इन्द्र बहादुर कार्की बिशिष्ट अतिथी रहनु भएको थियो । दुबैजनलाई जेसीज डडेल्धुराकी अध्यक्ष ऐरले सम्मान तथा कदरपत्र बितरण र मायाको चिनो बितरण गरेको थियो । जेसीज सप्ताह अन्तर्गत डडेल्धुरा बहुमुखी क्याम्पसको प्राङ्गणमा आयोजित खुल्ला भलिबल प्रतियोगितामा जिल्लाका ८ टिमको सहभागिता रहेको थियो ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।