Amargadhi Post

महासंघ सुदूरपश्चिम अध्यक्षमा शाह

अविनाश चौधरी
धनगढी, मङ्सिर २९ गते । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षमा भरतबहादुर शाह निर्वाचित हुनु भएको छ । प्रेस युनियनका बागी उम्मेदवार मिन बमलाई पराजित गरी शाह अध्यक्षमा निर्वाचित हुनु भएको हो । यसैगरी महासंघका पुर्ब कोषाध्यक्ष राम धामीलाई पराजित गर्दे महासंघ डडेल्धुरा साखाका पुर्ब अध्यक्ष मानबहादुर साउद प्रदेश उपाध्यक्षमा निर्बाचित भएका छन । यसैगरी महासचिवमा प्रेस चौतारीका उम्मेदवार शिवराज भट्ट निर्वाचित हुनुभएको छ । विजयी शाहले ४३६ र पराजित बमले १४८ मत प्राप्त गर्नुभयो । यसैगरी उपाध्यक्षमा साउदका ३३३ मत आएका थिए भने धामीका २७८ मत प्राप्त गरेका थिए । यस्तै, नेपाल पत्रकार महासंघ कैलाली जिल्ला शाखा अध्यक्षमा श्रवण देउवा निर्विरोध निर्वाचित हुनु भएको छ । अध्यक्षका उम्मेदवार प्रेस सेन्टरका टंक कुँवरले उम्मेदवारी फिर्ता लिएपछि देउवा सर्वसम्मत अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

कञ्चनपुर जिल्ला अध्यक्षमा सुरेश धामी विजयी हुनु भएको छ । उहाँले ५८ मत प्राप्त गरी जित हासिल गर्नुभयो । अध्यक्षका अर्का उम्मेदवार राजेन्द्र अवस्थीले ४६ मत प्राप्त गर्नुभयो । त्यस्तै, डोटी जिल्ला अध्यक्षमा नेपाल प्रेस युनियनका प्रकाश बम सर्वसम्मत निर्वाचित हुनु भएको छ । बैतडी जिल्ला अध्यक्षमा नरी बडु विजयी हुनु भएको छ । यसैगरी, दार्चुला जिल्ला अध्यक्षमा राजेन्द्रसिंह धामी निर्विरोध निर्वाचित हुनु भएको छ ।

डडेल्धुरा जिल्ला अध्यक्षमा पुष्कर भण्डारीलाई एक मतले पराजित गर्दै हिक्मतबहादुर सिंह अध्यक्षमा निर्वाचित हुनु भएको छ । बाजुरा जिल्ला अध्यक्षमा पदमबहादुर सिंह निर्विरोध निर्वाचित हुनु भएको छ । त्यस्तै, अछाम अध्यक्षमा रमेश रावत विजयी हुनु भएकोे छ । गीता कुँवरलाई पराजित गरी उहाँ अध्यक्षमा निर्वाचित हुनु भएको हो ।

नेपाल पत्रकार महासंघ बझाङ शाखामा भने अध्यक्षका उम्मेदवार ललित सिंह र ढेपबहादुर विष्टले सामान ३३–३३ मत प्राप्त गरेपछि अध्यक्षको टुङ्गो लाग्न सकेको छैन ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।