Amargadhi Post

डडेल्धुरामा २५ हजारले गरे स्वास्थ्य बिमा

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,मसिर २२ गते । डडेल्धुरामा स्वास्थ्य बिमा गराउने नागरिकको संख्या बढ्दै गएको छ । बिगतको तुलनामा अहिले जिल्लामा स्वास्थ्य बिमा गराउने नागरिकको संख्या बढ्दै गएको स्वास्थ्य बिमा बोर्ड डडेल्धुराले जनाएको छ । ०७६ साल फागुनदेखि जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम सुरु भएकोमा अहिलेसम्म २५ हजार नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका हुन । स्वास्थ्य बिमा बोर्ड डडेल्धुराका अनुसार बिमा गर्नेमा सबैभन्दा बढी अमरगढी नगरपालिकाका नागरिक रहेका छन ।
अन्य पालिकाका नागरिकहरु बिमामा आवद्ध रहेका स्वास्थ्य बिमा बोर्ड डडेल्धुराका प्रमुख देबराज जोशीले बताउनुभयो । नागरिकहरु स्वास्थ्य बिमा गर्दाका फाइदाबारे जानकार भएपछि अहिले दिनप्रतीदिन बिमामा आवद्ध हुनेको संख्या बढ्दै गएको उहाँले बताउनुभयो ।
स्वास्थ्य बिमाप्रती ग्रामिण भेगमा रहेका नागरिहरुको आर्कषण बढाउन जनचेतनामुलक कार्यक्रमहरु तथा बिमाको फाइदाहरुबारे जानकारी दिने गरेको समेत प्रमुख जोशीले जानकारी बताउनुभयो । स्वास्थ्य बिमा गरेका नागरिकहरुले जिल्लाको संघ सरकार मातहत रहेको डडेल्धुरा अस्पताल र जोगबुडा अस्पतालबाट सेवा लिन सक्ने प्रमुख जोशीलेको भनाइ छ ।
स्वास्थ्य बिमाका लागि पाँचजना सदस्य रहेको परिवारले तीन हजार पाँच सयमा स्वास्थ्य बिमा गर्न पाउने व्यवस्था छ । बिमा बाफत एक लाख बराबरको वार्षिक उपचार खर्च बिमाले भर्ने गर्दछ । यस्तै, पाँचजना भन्दा बढी सदस्य भएमा प्रति सदस्य सात सय रुपैयाँ थपेर बिमा गर्न पाइन्छ भने उपचार खर्च पनि एक लाखभन्दा प्रति सदस्य २० हजारका दरले बढ्ने गरेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।