Amargadhi Post

डडेल्धुरा प्रेश चौतारी अधिबेशनमा जुट्यो

पत्रकार महासंघ चुनाबमा गठबन्धनबाटै धोका भयो

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,मसिर २३ गते । प्रेश चौतारी नेपाल डडेल्धुरा चुनाबी अभियानमा जुटेको छ । पत्रकार महासंघको चुनाब सम्पन्न भएपछि चौतारी अब आफ्नो संगठनको नियमित महाधिबेशन सम्पन्न गर्नुपर्ने लक्ष्यका साथ अघि बढीरहेको छ ।
चौतारीका जिल्ला अध्यक्ष लोकेन्द्र ओझाको अध्यक्षता र प्रेस चौतारीका केन्द्रीय सदश्य तथा जिल्ला इन्चार्ज मानबहादुर साँउदको प्रमुख आथित्यतामा सम्पन्न भएको बैठकले तिनै तहका अधिबेशनलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न केन्द्रीत रहनु पर्ने निर्णय सहित बैठक सकिएको थियो ।
बैठकले पत्रकार महासंघको चुनाबी अधिबेशनमा साथ सहयोग गर्ने प्रति धन्यबाद ब्यक्त गर्दे गठबन्धनबाटै अन्र्तघात भएको निष्कर्ष निकालेको छ । चुनाबी गठबन्धनबाट अपेक्षीत परिणाम नआएको र गठबन्धका जिम्मेवार ब्यक्तिहरु बाटै धोकाधडी भएपछि चौतारीका उम्मेद्धवारहरु पराजयको थप सामना गर्नु परेको बैठकले निष्कर्ष निकालेको छ ।


महासंघको चुनाबी अधिबेशनलाई लक्षित गरेर केन्द्रको निर्देशनमा छानबिन समिति गठन भएको प्रति धन्यबाद ब्यक्त गर्दे डडेल्धुरा देखि सुदुरका अन्य जिल्लामा समेत भएका घात अन्र्तघातका सन्र्दमा निष्पक्ष छानबिन हुदै दोशी उपर हदै सम्मको कारबाहीको माग समेत बैठकले उठाएको छ ।
चुनाबी अभियानका दौरानमा संगठन भित्र सर्बसम्मत उम्मेदवारी भईरहेका बेला बिबाद सिर्जना गराउने कार्य प्रति समेत बैठकले गम्भिर आपत्ती प्रकट गर्दे निर्मम समिक्षा गर्नुपर्नेमा जोड दिएको छ । बैठकले चौतारीका जिल्ला इन्चार्ज मानबहादुर साँउद नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिको बरिष्ठ उपाध्यक्षमा निर्बाचित भएकोमा हार्दिक बद्याई सहित खादा र टिका लगाएर स्वागत गरिएको थियो । यसैगरी प्रेश चौतारीबाट जिल्लामा प्रतिनिधित्व गर्नुहुने महासंघको प्रदेश पार्षदमा ममता भटट, र जिल्ला कार्य समिति सदश्यमा गौमती बोहरालाई समेत बद्याई सहित अबिर र माला लगाएर स्वागत गरिएको थियो ।


यसैगरी बैठकले यही पुस २५ गते भित्र सदश्यता नबिकरण गर्नुपर्ने र नयाँ सदश्यताका लागी समेत आबेदन खुल्ला गरिएको छ ।
सगठनलाई कमजोर बनाउने र जबरजस्त गुटबन्दी निर्माण गरेर बिबाद सिर्जना गर्ने काम संगठनका लागी स्विकार्य नहुने भन्दै एकताबद्ध भएर संगठनले दिएको जिम्मेवारीमा लाग्न बैंठकले निर्देश गरेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।