Amargadhi Post

६० लाख धरौटी बुझाएर सभापति लामिछाने रिहा

अमरगढी पोष्ट समाचार
काठमाडौँ, माघ २ गते । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने जिल्ला अदालत काठमाडौँबाट धरौटीमा रिहा हुनुभएको छ । आज थुनछेक बहसपछि अदालतले सभापति लामिछानेलाई सहकारी ठगी प्रकरणमा ६० लाख रुपियाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

अदालतको उक्त आदेशानुसार उहाँ धरौटी बुझाएर रिहा हुनुभएको हो। सभापति लामिछानेलाई स्वागत गर्न सो दलका कार्यकर्ताहरुको बाक्लो उपस्थिति थियो । रिहाइपछि सभापति लामिछानेले यो देशमा अझै न्याय नमरेको प्रतिक्रिया दिनुभएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।