Amargadhi Post

डडेल्धुरामा चिसो बढ्यो,हिमपातको सम्भाबना

लक्ष्मी ऐर 
डडेल्धुरा,माघ ३ गते । बिहानै देखि बर्षा हुन थालेपछि डडेल्धुरामा एकाएक चिसो बढेको छ । दिनभरी झरी संग बादल लागेर घाम लाग्न नसकेपछि चिसो ह्वात्तै बढेको हो । चिसो बढेसंगैं भिमदत्त राजमार्गको हगुल्टे,साहुखर्क आसपासका क्षेत्रमा हिमपात पर्न सुरु भईसकेको छ भने यस्तै मौसम रह्यो भने रातीमा डडेल्धुरा सदरमुकाम सगैंका आसपास क्षेत्रमा हिमपात हुन सक्ने स्थानीयहरुको आकलन छ । चिसोका कारण डडेल्धुराका बिद्यालयहरु केही दिन देखि बन्द अबस्थामा छन भने आज देखि यहाँको ब्यपार ब्यसाय समेत राम्रो संग खुल्न सकेका छैनन ।
बर्षातको झरी सगैं एकाएक चिसो बढेपछि बजार क्षेत्रका बिभिन्न ठाँउहरुमा मुडा तथा आगो बालेर दैनिक जिबन निर्बाह गरिरहेका छन । चिसोका कारण हिटर,दाउरा,कपडा र बिद्युत खपतको ब्यपार ब्यबसाय बढेको छ । डडेल्धुराको मुख्य बजारका ब्यबसायी हेमराज पनेरुले ब्यपार को त कुरै छोडौं ज्यान कसरी बचाउने भन्नेमा आफुहरु रहेको बताउनुहुन्छ ।
आगो तापेर बसीरहेका छौं दिनभरी बहनी हुन सकेको छैन पनेरुले भने यस्तै भयो भने रातभर हिमपात हुने प्रबल सम्भाबना छ । चिसोका कारण सडकमा छाडा रुपमा रहेका गाई गोरुलाई निकै समस्या रहेको भन्दै स्थानीय अगुवा तिलक हमालले नगर सरकारलाई गाँसबासको उचित ब्यबस्थापन गरिदिन आग्रह गरेका छन । चिसो बढेसंगै डडेल्धुरा सदरमुकाम सगैं आसपासका गाँउबस्तीका नागरिकहरुको जनजिबन निकै कष्टकर बनीरहेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।