भोज ताम्राकार
डडेल्धुरा,माघ १० गते । प्रेस चौतारी नेपाल डडेल्धुराको अध्यक्षमा महिला संचारकर्मीै लक्ष्मी ऐर चयन हुनु भएको छ । बुधवार जिल्ला सदरमुकाममा सम्पन्न पाँचौं जिल्ला अधिवेशनले ऐरको अध्यक्षतामा १३ सदश्यिय नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष ऐर रेडियो नेपालकी डडेल्धुरा जिल्ला संम्बाददाता हुन ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा मदनराज भट्ट र भावना पौडेल सचिवमा ममता भट्ट, सह–सचिव बिर बहादुर भण्डारी, भोजबहादुर ताम्राकार र कोषाध्यक्षमा भुवन भण्डारी सर्वसम्मत चयन हुनु भएको हो । सदस्यहरूमा डवल बहादुर ठगुन्ना, सुरेन्द्र धामी, सावित्री भट्ट, रितु ठगुन्ना, राधिका कुमारी शाही र मञ्जु कुमारी बोहरा चयन हुनु भएको छ । यसैगरी केन्द्रीय परिषद सदश्यमा राजेन्द्र ठगुन्ना, गणेश रोक्का र पार्वती कुमारी धामी चयन भएका छन ।
प्रदेश परिषद सदश्यमा लोकेन्द्र बहादुर ओझा, बहादुर सिंह साँउद र गरिमा बोहरा चयन हुनु भएको छ । नेकपा एमाले केन्द्रीय सदश्य एबम डडेल्धुरा जिल्ला इन्चार्ज पुर्ब मन्त्री पठानसिह बोहराले नयाँ कार्य समितिलाई बधाई तथा शुभकामना ज्ञापन गर्नुभयो ।

पत्रकारहरुको ब्याबसायीक नेतृत्व गर्ने संस्थाका रुपमा प्रेश चौतारी स्थापित गराउन नयाँ नेतृत्व सफल हुनेमा बिश्वास ब्यक्त गर्नुभयो ।
हरेक नागरिकको पक्षमा पत्रकारीताका माध्यमबाट समाज रुपान्तरण गर्न चौतारीको टिम सक्षम र अब्बल हुनेमा नेता बोहराको जोड थियो । प्रेस चौतारी नेपाल डडेल्धुराले श्रमजीवी पत्रकारहरूका हक हितमा समेत बोल्न सकोश भन्दै निर्बाचित टिमलाई बद्याई समेत ज्ञापन गरिएको थियो । प्रेश चौतारीको देशभर भईरहेको अधिबेशनले पहिलो पटक सम्पन्न भएको डडेल्धुरा जिल्ला अधिबेशनले महिला नेतृत्व पाएको छ । अबको नयाँ नेतृत्वले पनि संगठनलाई अझ प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने अध्यक्ष लक्ष्मी कुमारी ऐर प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय उपाध्यक्ष गणेश पाण्डे, पुर्ब उपाध्यक्ष बिष्णुमणी सुबेदी,महासचिव हिरामान लामा, प्रेश चौतारीका केन्द्रीय सचिब एबम सुदुरपश्चिम इन्चार्ज,लोकश्वरी कुँबर,प्रेश चौतारी डडेल्धुराका इन्चार्ज एंबम केन्द्रीय सदश्य मानबहादुर साँउद, प्रेश चौतारीका केन्द्रीय सदश्यहरु दिलबहादुर छत्याल,शुशिल ढुगना,धनराज साँउद, राजेन्द्र धामी,प्रेस चौतारी नेपालका सुदूरपश्चिम प्रदेश अध्यक्ष कृष्ण ओली,महासचिब शिबराज भटट, निर्बाचन आयोगका अध्यक्ष गणेश गिरी लगायतका चौतारीका नेताहरुको सहभागिता रहेको थियो ।

