Amargadhi Post

डडेल्धुरा जेसीजको पदस्थापना कार्यक्रम सम्पन्न

हरेक क्षेत्रमा युबाको प्रतिनिधित्व आबश्यक छ ः पुर्ब मुख्यमन्त्री रावल

लक्ष्मी ऐर 
डडेल्धुरा,माघ १२ गते । सुदुरपश्चिम प्रदेशका पुर्ब मुख्यमन्त्री राजेन्द्र सिह रावलले हरेक क्षेत्रमा युबाको प्रतिनिधित्व आबश्यक रहेको बताउनु भएको छ । डडेल्धुरा जेसीज बर्ष २०२५ को पदस्थापना कार्यक्रममा बोल्नुहुदै पुर्ब मुख्यमन्त्री रावलले युबा बिनाको प्रतिनिधित्वले मुलुक बन्न नसक्ने बताउनुभयो ।
जेसीज डडेल्धुराले समाजिक क्षेत्रमा उत्कृष्ट काम गर्दे आएको प्रति प्रशंसा गर्दे पुर्ब मुख्यमन्त्री रावलले समाजिक क्षेत्रमा युबाहरुको नेतृत्व र क्षमता बिकास,अपराधिक घटना न्युनिकरण र समाज रुपान्तरण अभियान मार्फत जिल्लाको समृद्धीमा टेवा पुगेको अनुभुत गरिएको पुर्ब मुख्यमन्त्री रावलले जोड दिनुभयो ।


डडेल्धुरा जेसीज बर्ष २०२४ का अध्यक्ष लक्ष्मीकुमारी ऐरको सभापत्विमा आयोजित पदस्थापन कार्यक्रमका प्रमुख अतिथी रहनु भएका सुदुरपश्चिम प्रदेशका एमाले संसदीय दलका नेता रावलले समाज रुपान्तरणका लागी युबाहरुले नेतृत्व लिनु आबश्यक रहेको त्यसमा पनि महिलाको नेतृत्व अझै प्रभाबकारी हुने बताउनुभयो ।
डडेल्धुरा जेसीजले एक बर्षमा २७ वटा कार्यक्रम गरेर समाज रुपान्तरणमा राम्रो प्रभाब देखाएको भन्दै पुर्ब मुख्यमन्त्री रावलले नया नेतृत्वका लागी चुनौती र अबसर दुबै रहेको समेत बताउनुभयो । निशुल्क खानेपानी बितरण देखि सरसफाई,बृक्षारोपण देखि रक्तदान खे्लकुद देखि युबाहरुलाई रोजगार सृजना गर्ने तालिम जस्ता कार्यक्रम गरेर युबाले देश बनाउन समाजिक अभियान्ताको काम गर्ने प्रेरणा जगाएको बताउनुभयो । समाजको संस्कृती जोगाउने देखि बिपन्न बालबालिकालाई शैक्षिक सामग्री बितरण र बिभिन्न कार्यक्रम गर्दे एक साता सम्म जेसीज सप्ताह बनाएर समाजमा युबाहरु लागे असम्भब छैन भन्ने् उदाहरण देखिएको रावलको भनाई थियो ।


नेपाल जेसीजले डडेल्धुरा जेसीज बर्ष २०२४ लाई उत्कृष्ट शाखाको रुपमा पहिलो पटक डडेल्धुरालाई छनौट गरेकोमा धन्यबाद दिदै समाज रुपान्तरण अभियानमा युबाहरु सकृय भएर लागे असम्भब भन्ने कुरा पनि सम्भब हुने बताउनुभयो । सकारात्मक सोचबाट युबाहरु अघि बढन सके समाज परिबर्तन सम्भब भएको भन्दै सरकारले युबाको प्रतिनिधित्व र युबालाई रोजगार र सिप संग जोड्न सकेमा देशको मुहार फेरिने बताउनुभयो ।


डडेल्धुरा जेसीज बर्ष २०२४ ले जिल्लामा बिभिन्न कार्यक्रम गरेर युबाहरुलाई समाज निर्माणमा लाग्न प्रेरणा दिएको भन्दै ऐरले १८ देखि ४० बर्ष मुनीका युबाहरु अटाउने संस्थाका रुपमा जेसीज रहेको बताउनुभयो । आफ्नो एक बर्र्षे कार्यकालमा साथ सहयोग गर्नेहरुलाई प्रशंसापत्र,सम्मानपत्र र मायाको चिनो प्रदान गरेर सबैलाई ऐरले धन्यबाद दिएकी थिईन । आफुले गरेका राम्रा प्रयासको निरन्तरता दिदै अझै डडेल्धुरा जेसीजलाई राम्रो बनाउन नब निर्बाचित अध्यक्ष मोहन देउवालाई चयन हस्तान्त्ररण गर्दे ऐरले कार्यकालको सफल्ताको शुभकामना दिएकी थिईन । नब निर्बाचित कार्यसमितिलाई बद्याई तथा सम्मान कार्यक्रमको आयोजना गरेर सबै पदाधिकारीलाई माला खादा लगाएर समाजमा प्रशंसायोग्य जेसीज बनाउन नयाँ नेतृत्वलाई ऐरले आग्रह गरिन ।


डडेल्धुरा निर्माण ब्याबसायी सघंको हलमा आयोजित डडेल्धुरा जेसीज बर्ष २०२५ का लागी पदस्थापना तथा सम्मान कार्यक्रममा साँस्कृतिक कार्यक्रम देखि बाजागाजा सहितको रयाली प्रर्दशन गरिएको थियो । कार्यक्रममा एक बर्षको अबधीमा प्रत्यक्ष अप्रत्यक्ष सहयोग गर्ने सबैलाई ऐरले कार्यक्रममा सम्मान गरिएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।