Amargadhi Post

ज्ञानोदय विद्या निकेतनको २१औं वार्षिकोत्सव सम्पन्न

अमरगढी पोष्ट समाचार
डडेल्धुरा,फागुन १० गते । ज्ञानोदय विद्या निकेतन स्कूलको २१औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ । प्रमुख अतिथि डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपाने प्रमुख आतिथ्यतामा तथा विद्यालयका अध्यक्ष पदमराज भाटको अध्यक्षतामा वार्षिकोत्सव मनाइएको हो।

विद्यालयले शैक्षिक उत्कृष्टता हासिल गर्दै अनुशासन, सिर्जनशीलता, र उत्तरदायित्वलाई आत्मसात गर्दै आएको प्रजिअ न्यौपानेले बताए। ज्ञानोदय विद्यालय उदाहरणीय बनेको उल्लेख गर्दै उनले विद्यार्थीहरूलाई व्यवहारिक शिक्षा प्रदान गर्दै राष्ट्रका लागि सक्षम जनशक्ति उत्पादन गर्न विद्यालय निरन्तरता दिनुपर्ने बताए। त्यसैगरी, विद्यालयका अध्यक्ष भाटले विद्यालयले २१ वर्षको यात्रामा थुप्रै चुनौती पार गर्दै गुणस्तरीय शिक्षा र अनुशासनमा आधारित शैक्षिक वातावरण निर्माण गरेको बताए। उनले आगामी दिनहरूमा अझ उत्कृष्ट शैक्षिक वातावरण निर्माण गर्दै विद्यार्थीसँगै समुदायको सर्वाङ्गीण विकासमा योगदान पुर्‍याउने प्रतिवद्धता व्यक्त गरे।कार्यक्रममा विद्यालयका प्रिन्सिपल कृष्णराज ओझाले विद्यालयले शैक्षिक सुधार, भौतिक पूर्वाधार विकास, र विद्यार्थीहरूको शैक्षिक सफलतामा हासिल गरेका उपलब्धिहरूबारे जानकारी गराए। उनले विद्यालयले शिक्षण९शिक्षण प्रक्रियामा नवप्रवर्तन गर्दै भविष्यमा अझ गुणस्तरीय शिक्षा प्रदान गर्न कटिबद्ध रहेको बताए।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।