मानबहादुर साउद
डडेल्धुरा, फागुन ११ गते । डडेल्धुराका सात वर्टै स्थानिय तहका पालिका कमिटि मध्ये परशुराम पालिका कमिटि अग्रपक्तिमा देखिएको छ । परशुराम नगरपालका अन्र्तगत १२ वडा मध्ये ९ वटा वडाको वडा जरा केन्द्रीत पार्टी निर्माण अभियानूको अभिमुखीकरण सम्पन्न गरेर टोल कमिटि गठन हुन थालेका छन । परशुराम नगरपालिका एमालेको जरा अभियानले तिब्रता लिएको छ भने डडेल्धुराका अन्यपालिकाहरुले यसरी र्नै अगाढी बढ्न सके पार्टी संगठन तिन महिनाको अबधीले निकै मजबुत भएको देख्न सकिने कार्यकर्ताहरुको आकलन छ ।

अभिमुखीकरण सम्पन्न हुने वडाहरुमा १ २ ३ ४ ७,९,१०,११,१२ रहेका छन । परशुराम नगरपालिका वडा नं.७ को वडा अभिमुखीकरण सम्पन्न भएलगत्तै मनसरा आले मगरको अध्यक्षतामा ९ सदश्यिय सादनी टोल कमिटि गठन भएको छ । जसमा उपाध्यक्ष करन सिंह भण्डारी,सचिब चादनी मिश्रा,उपसचिव बिरमा थाडा मगर,सदस्य कुल बहादुर राना ,ललिता पुन,लक्ष्मी भण्डारी ,उमादेवी रोका ,मोतिसरा आले रहेका छन ।

वडा अभिमुखीकरण सम्पन्न गरेर टोल कमिट गठन र बस्ती भेटघाट,सदश्यता नबिकरण नया सदश्यता,पार्टीका बिचार सिद्धान्तका बिषयमा प्रशिक्षण भेला,पार्टीले गरेका कामकारबाहीका बिषयमा जानकारी लगायतका बिषयमा छलफल गरिने परशुराम नगर कमिटि अध्यक्ष ओमप्रकाश जोशीले जानकारी दिनुभयो । एमालेले तय गरेको तिन महिने जरा अभियानलाई प्रभाबकारी रुपमा कार्यान्वयन भईरहेको र संगठन सुद्धिढिकरण हुनेमा आफु आशाबादी रहेको जोशीको भनाई थियो । जरा अभियानले मिसन ८४ का लागी पार्टी संगठनलाई चुस्त दुरुस्त पारेर निर्बाचन लाई सफल्ता प्राप्त गर्नै कडीका रुपमा रहेको अनुभुती भएको जोशीले बताउनुभयो ।



