Amargadhi Post

काम नगर्नै ठेकेदार बिरुद्ध आन्दोलित हुन आलिताल २ को वडा सरकारले ग¥यो जनतालाई आह्वान

लक्ष्मी ऐर 
डडेल्धुरा,फागुन, १२ गते । आलिताल गाँउपालिकाको वडा नं.२ को वडा सरकारले एक सुचना जारी गर्दै काम नगर्नै ठेकेदारकाका बिरुद्धमा सडकमा उत्रिन स्थानीय जनतालाई आग्रह गर्नुभएको छ । जे.डी.एमा.आर.बिल्र्डस काठमाडौं र सडक डिभिजन कुलपातेका बिचमा गैरा गाखेत आलिताल सडक निर्माण कार्य पाँच महिना भित्र सम्पन्न गरिसक्नुपर्नै सम्झौता भएपनि तिन बर्ष बितिसक्दा सम्म पनि काम हुन नसकेको भन्दै उक्त निर्माण कम्पनीका बिरुद्धमा सडकमा उत्रिन स्थानीय जनतालाई स्थानीय वडा सरकारले आग्रह गरेको हो ।
२०७८ साल पौष २६ गते सम्झौता भई २०७९ साल जेठ ३० गते सम्म सम्पन्न गरिसक्नु पर्नै भन्दै ठेक्का लिएका जे.डी.एम.आर.बिल्र्डसका प्रोपाईटर रबी सिहलाई पटक पटक लिखित र मौखिक पत्रचार हुदाँ सम्म पनि सुनुवाई नभएपछि आन्दोलित हुन बाध्य भएको आलिताल गाउपालिका वडा नं.२ का वडा अध्यक्ष प्रमोद मल्लल्े जानकारी दिनुभयो । पाच महिनामा सक्नुपर्ने काम तिन बर्ष भयो तर काम नै सुचारु गरेन पटक पटक सडक डिभिजन कार्यालयको समेत ध्यानाकर्षण गरायो बेवास्ता हुन थालेपछि यही मिति २०८१ मघ १६ गैरा बजारमा आन्दोलनका लागी जनतालाई आह्वान गरिएको अध्यक्ष मल्लको भनाई थियो । यही फागुन ११ गते सार्बजनिक सुचना आह्वान गरेपछि सडक डिभिजन कार्यालयले १२ गते जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा सम्बन्धित निर्माण कम्पनीका प्रोपाईटर,स्थानिय जनप्रतिनिधी र सरोकारवाला निकायहरुको उपस्थितीमा बैठक बोलाएको अध्यक्ष मल्लले बताउनु भएको छ । स्थानिय जनप्रतिनिधीहरु नै सडक संर्घष गर्ने चेतावनी दिएपछि बल्ल सडक डिभिजन कार्यालयले पत्रचार गरेर डडेल्धुरा प्रशासन कार्यालयमा बैठक डाकिएको छ अध्यक्ष मल्लले भने— सडक तत्काल सुचारु हुनुपर्छ हैन भने निर्माण कम्पनीलाई तत्काल कानुनी भएर सम्झौता गरि अर्काै ठेक्का लगाउनुपर्छ ।
उता सडक डिभिजन कार्यालय कुलपातेका डिभिजन प्रमुख रमेश भट्टराईले आलिताल २ को स्थानिय वडा सरकारले आह्वान गरेको सार्बजजिक सुचनालाई मध्यनजर गरेर सोमबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामा दिउसो २ ः०० बजेका लागी सम्बन्धित निकाय राखेर बैठक गर्नै तयारीमा रहेको बताउनुभएको छ । निर्माण कम्पनी जे.डी.एमा.आर.बिल्र्डस काठमाडौलाई पटक पटक ताकेता गरियो तर सुनुवाई हुन नसकेकाले अन्तिम पटक प्रयास गर्न बैठक डाकीएको हो डिभिजन प्रमुख भटराईले बताउनुभयो ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।