Amargadhi Post

डडेल्धुरा महोत्सब आजबाट सुरु

लक्ष्मी ऐर 
डडेल्धुरा,फागुन, १२ गते । डडेल्धुरा महोत्सब आजबाट सुरु भएको छ । डडेल्धुराको दिगो बिकासको आधार कृर्षि पर्यटन र पुर्बाधार बिषयक डडेल्धुरा महोत्सबको समउद्घाटन भएको छ । नेपाल राष्ट्रिय सगितकर्मी संघ डडेल्धुराको आयोजनामा सोमबार बाट संचालन भएको डडेल्धुरा महोत्सबको उद्घाटन सुदुरपश्चिम प्रदेश सरकारका पुर्ब समाजिक बिकास मन्त्री गोबिन्दराज बोहराले गर्नुभएको थियो ।


महोत्सबको उद्घाटन गनुहुदै पुर्ब मन्त्री बोहराले समग्र डडेल्धुराको बिकासका मुद्धा र आर्थिक समृद्धीमा महोत्सब सफल हुने बताउनुभयो । महोत्सबले स्थानिय प्रतिभाको उजागर गर्नुको साथै मन्ध भईरहेको आर्थिक ब्यपारमा समेत यसले टेवा पुयाउछ पुर्ब मन्त्री बोहराले भने ।
डडेल्धुराको बिकास निर्माणको गति जुन रुपमा अघि बढ्नुपर्ने हो त्यो हुन सकिरहेको छैन काँग्रेसका नेता समेत रहनु भएका बोहराले भने— महोत्सबका सबैले सहयोग र सहकार्य गरेर महोत्सबलाई सफल बनाउनु हामीसबैको साँझा दायित्व भएको बताउनुभयो ।
नेपाल राष्ट्रिय सगितकर्मी संघ डडेल्धुराका अध्यक्ष गणेश केसीको अध्यक्षतामा भएको उक्त महोत्सबको उद्घाटन कार्यक्रममा बोल्नुहुदै भागेश्वर गाँउपालिकाका अध्यक्ष हेमराज चटौंतले डडेल्धुरा महोत्सबले यहाँका कला सस्कृती,पर्यटन,ब्यपार र जिल्ला भित्र रहेका प्रतिभाहरुको उजागरका लागी महत्पुर्ण अबसरका रुपमा लिन सकिने बताउनुभयो ।


कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले महोत्सबले यहाँको ब्यपार ब्यबसायमा उन्नती हुने र जिल्लाको समग्र बिकास निर्माणका लागी समेत यसले प्रभाब पार्नै बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका सुदुरपश्चिम प्रदेश उपाध्यक्ष मानबहादुर साँउदले महोत्सबले सम्रग डडेल्धुराका आर्थिक समाजिक राजिनैतिक संगै प्रतिभाको समेत खोजी हुने थलोका रुपमा लिन सकिने बताउनुभयो ।


कार्यक्रममा नेकपा एमाले डडेल्धुराका प्रचार बिभाग प्रमुख सुन्दर जैरुले महोत्सबले डडेल्धुरालाई प्रत्यक्ष अप्रत्यक्ष रुपमा निकै सहयोग पुग्ने बताउनुभयो । कार्यक्रममा अमरगढी नगरपालिकाका वडा नं.५ का वडा अध्यक्ष टंकबहादुर क्षत्रीले जिल्लामा बर्षमा हुने महोत्सबले सुस्ताएको अर्थतन्त्रलाई चलायमान गर्नै र जिल्ला भित्र रहेका कला संस्कृतिको समेत संरक्षण सम्बद्र्धन हुने बताउनुभयो । नागरिक समाज डडेल्धुराका अध्यक्ष रमेश प्रशाद जोशीले महोत्सबले डडेल्धुराको समग्र बिकासमा टेवा पुग्ने बताउनुभयो । सुदुरपश्चिमकै चर्चित कलाकार धनीराज गिरी,सुधिर जैरु लगायतका कलाकारहरुले अथिती सहभागीहरुलाई भरपुर मनोरञ्जनका साथै देउडा खेलाएका थिए । कार्यक्रमको संचालन अगुवा संचारकर्मी एबम कलाकम लोकेन्द्र ओझाले बिभिन्न मुक्तक,गजल प्रस्तुती गर्दै दर्शकहरुलाई निकै मनोरञ्जन दिएका थिए । डडेल्धुरा महोत्सबमा बिभिन्न स्थानीय तथा राष्ट्रिय चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।