अमरगढी पोष्ट समाचार
डडेल्धुरा,फागुन, २३ गते । नेपाल उत्पीडित जातिय मुक्ति समाज डडेल्धुराको छैटौं जिल्ला सम्मेलनबाट दलित आन्दोलनका अगुवा जित ताम्राकारको नेतृत्वमा सर्बसम्मत जिल्ला कमिटि बनेको छ । नेकपा एमालेको पार्टी कार्यालयमा आयोजना गरिएको छैटौ जिल्ला सम्मेलनले सर्बसम्मत ताम्राकारको नेतृत्वमा २१ सदश्यिय जिल्ला कार्यसमिति चयन गर्दे शुक्रबार सम्पन्न भएको हो ।

जिल्ला कमिटिको उपाध्यक्षमा लक्ष्मण सुनार,महिला उपाध्यक्ष भागरती बिक,सचिब दिपक नेपाली उपसचिब अञ्जु नेपाली र कोषाध्यक्षमा लक्ष्मण पार्की चयन हुनु भएको छ । यसैगरी सदश्यहरुमा बहादुर भुल,शेर बहादुर कामी,गणेश नेपाली हिक्मत सार्की लगायत रहनु भएको जनाएको छ ।
नेपाल उत्पीडित जातिय मुक्ति समाजका जिल्ला अध्यक्ष घनश्याम टमटाको अध्यक्षतामा आयोजित जिल्ला सम्मेलनको उद्घाटन मुक्ति समाजका केन्द्रीय अध्यक्ष मनोहर बिक पौडेलले गर्नुभएको थियो । सम्मेलनको उद्घाटनशत्रमा बिशिष्ट अतिथी नेकपा एमाले केन्द्रीय सदश्य तथा डडेल्धुरा इन्चार्ज पठानसिह बोहरा,केन्द्रीय सदश्य तथा मुक्ति समाजका केन्द्रीय उपाध्यक्ष अफिलाल ओखेडा रहनु भएको थियो । कार्यक्रममा मुक्ति समाजका केन्द्रीय तथा जिल्ला नेताहरु र पार्टीका प्रदेश तथा जिल्ला नेताहरुको सहभागीता रहेको थियो ।

मुक्ति समाजको छैटौ जिल्ला सम्मेलन ऐतिहासिक र भब्य रुपमा सम्पन्न भएको मुक्ति समाजका केन्द्रीय सचिबालय सदश्य तथा डडेल्धुरा इनचार्ज सुन्दर जैरुले जानकारी दिनुभयो । कार्यक्रममा जिल्लाभरीका दलित अगुवा नेता कार्यकर्ताहरुको उल्लेख्य सहभागीता रहेको थियो ।

