Amargadhi Post

डडेल्धुरामा सहकारीमा चोरी काण्डको आरोपमा अध्यक्ष र प्रबन्धक सहित पाँचजना पक्राउ

लक्ष्मी ऐर 
डडेल्धुरा,फागुन, २७ गते । डडेल्धुराको परशुराम नगरपालिकामा रहेको श्री शिर्ष साना किसान कृर्षि सहकारी संस्था भित्र भएको चोरी काण्डको आरोपमा अध्यक्ष,प्रबन्धक सहित पाँच जना शीर्ष सहकारीको रकम चोरेको आरोपमा पाच जनालाई डडेल्धुरा प्रहरीले नियन्त्ररणमा लिएर छानबिन सुरु गरेको छ ।
पक्राउ पर्नेमा सहकारीका अध्यक्ष वीरेन्द्र बिष्ट, प्रबन्धक हरिशप्रसाद भट्ट, सहायक प्रबन्धक सुमित्रा भट्ट लगायत सहकारी सँग सम्बन्धित व्यक्ति रहेका छन । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक सुघन्द श्रेष्ठले अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेर चोरी घटनाको अनुसन्धान भईरहेको बताउनुभयो ।
२०८० साल चैत २३ गते जिल्लाको भित्रीमधेशमा पर्ने परशुराम नगरपालिका–४, कटालमा रहेको शीर्ष साना किसान कृषि सहकारी संस्था लिमिटेडको कार्यालयबाट ११ लाख १३ हजार रुपैयाँ चोरी भएको थियो ।
चैत २३ गते शुक्रबार बेलुकी बन्द गरिएको सहकारी संस्थाबाट रकम चोरी भएको कुरा आईतबार बिहान मात्रै थाहा भएको थियो । कार्यालय पछाडिको झयालको ढोका खुलेको र नगद राखेको लकर फुटाई उक्त रकम चोरी भएको थियो । सीसीटीभी फुटेजबाट भिडियो सार्वजनिक भए पनि प्रहरीले हुलिया ठम्याउन सकेको थिएन । २०६६ सालमा स्थापना भएको सहकारीको निक्षेप झण्डै १२ करोड रहेको सहकारीले जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।