लक्ष्मी ऐर
डडेल्धुरा,फागुन, २८ गते । डडेल्धुरा बहुमुखी क्याम्पस डडेल्धुराको स्ववियु निर्वाचनमा त्रिपक्षीय प्रतिष्पर्धा हुने आकलन गरिएको छ । त्रिपक्षीय प्रतिष्पर्धामा संयुक्त प्यानल,नेपाल बिद्यार्थि संघ र स्वतन्त्र बिद्यार्थि समुह देखिएका छन ।
संयुक्त प्यानलमा नेपाली काँग्रेस (बिपी) निकट नेबिसंघ (बिपी)को नेतृत्वमा नेकपा एमाले निकट अनेरास्वबियु र नेकपा माओबादी केन्द्र (अखिल क्रान्तिकारी बिद्यार्थि संगठन)को सयुक्त प्यानल बनेको छ भने नेपाली काँग्रेसको निकट नेपाल बिद्यार्थि संघ र स्वतन्त्र बिद्यार्थि समुहका बिचमा तिब्र प्रतिष्पर्धा हुने बिद्यार्थि नेताहरुले बताउन थालेका छन ।
संयुक्त प्यानलको तर्फबाट सभापतीका उम्मेदवार मदन बोहराले बुधबार बिहान जिल्ला सदरमुकाममा पत्रकार सम्मेलन मार्फत स्वबियु निर्बाचनमा १६ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
संयुक्त प्यानलका सभापति पदका उम्मेदवार बोहराले आफ्नो प्यानल निर्बाचित भएमा डडेल्धुरा क्याम्पसको शैक्षिक अबस्थामा निकै सुधार ल्याउने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ । सयुक्त प्यानलबाट सभापतिमा नेविसंघ (बीपी)का बोहरा, सचिवमा अनेरास्वबियुका राजन कैनी,अखिल क्रान्तिकारीका जयकला बिक कोषाध्यक्षमा उम्मेदवारी दिएका छन । यसैगरी सदस्यमा सुनिता सोनी, निरज भुल, जयन्ती विष्ट, सरस्वती भट्ट र दिप्ती ऐरले उम्मेदवारी दिएको पत्रकार सम्मेलन मार्फत जानकारी दिईएको छ ।
नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) का गौरव ऐर नेतृत्वको टिम र स्वतन्त्र समूहबाट सभापतिका लागी कर्ण धामीको नेतृत्वको टिम चुनाबी मैदानमा छ । तिनै टिमहरु यही चैत्र ५ गते हुने स्वबियु निर्बाचनमा तिब्र प्रचार प्रशारमा जुटीरहेका छन । कुल मतदाता ५५२ जना रहेको डडेल्धुरा बहुमुखी क्याम्पसमा बिजयी हुनका लागी २५० मत आबश्यक हुने आकलन गरिएको छ ।


