Amargadhi Post

नेपाल बुद्धिजिबी परिषद डडेल्धुराको अध्यक्षमा पनेरु

लोकेन्द्र ओझा
डडेल्धुरा,चैत ३ गते । नेपाल बुद्धिजिबी परिषद डडेल्धुराको पाँचौं जिल्ला अधिबेशनबाट अध्यक्षमा तुलाराम पनेरु सर्बसम्मत चयन भएका छन । पनेरुको नेतृत्वमा ११ सदश्यिय जिल्ला कार्य समिति चयन गर्दै शनिबार अधिबेशन सम्पन्न भएको हो । नया कार्यसमितिमा उपाध्यक्ष धनीराम ने जैशी,सचिब तारा प्रशाद अबस्थी र सदश्यहरुमा कृष्ण बहादुर खाती,सुरेन्द्र भाट,धर्मबहादुर शाह,हरिश चन्द,भोज ताम्राकार,जितराज भटट र रमेश ठगुन्ना रहेका छन । नेपाल बुद्धिजिबी परिषद डडेल्धुराका अध्यक्ष मानबहादुर साँउदको अध्यक्षतामा सम्पन्न भएको पाँचो जिल्ला अधिबेशनको उद्घाटन परिषदका केन्द्रीय महासचिब गजेन्द्र थपलियाले गर्नु भएको थियो । अधिबेशनको उद्घाटन गनुर्हदै थपलियाले
नेकपा एमालेको सङ्घीय, प्रदेश तथा स्थानीयतह निर्वाचनको समयमा पार्टीका घोषणापत्र निर्माण गर्ने क्रममा बुद्धिजीवी परिषद्का साथीहरुले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । पार्टीले गरेको आन्दोलनमा अग्रमोर्चामा गएर बुद्धिजीवीहरूले आन्दोलन गर्न नसक्लान् तर जहाँ योगदान दिनुपर्ने हो त्यहाँ बुद्धिजीवीहरूले योगदान दिइरहेको समेत बताए । जनताको काम गरेर चुनाव जित्नुपर्नेमा चुनाव जितेर मात्रै जनताको काम गर्ने परिपाटी विकसित भइरहेको बिचार ब्यक्त गर्दे उहाँले यसमा पार्टीले सच्चिनुपर्ने र जनता केन्द्रित कार्यक्रम अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रमका प्रमुख वक्ता नेकपा एमालेका केन्द्रीय सदस्य तथा डडेलधुरा जिल्ला इन्चार्ज पठान सिंह बोहराले पार्टीलाई मजबुत बनाउन जनवर्गीय संगठनहरूको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । जनसंगठनको जगमा पार्टी बलियो हुने भएको हुँदा जनसंगठनहरूमा आउने साथीहरू सैद्धान्तिक र वैचारिक रुपमा परिपक्को हुन आवश्यक रहेको बताउनुभयो।


नेकपा एमाले डडेलधुराका अध्यक्ष गजेन्द्र शाहीले पार्टीलाई बलियो बनाउन सबै तहका नेताहरू इमान्दार भएर लाग्न आग्रह गर्नुभयो। नागरिकका विभिन्न खालका गुनासाहरू आउने गरेको र विभिन्न निर्माण समिति उपभोक्ता समितिहरूमा मनपरी ढङ्गबाट गठन गरेका गुनासाहरु पनि पार्टीमा आउँछन्। आफूले योजना ल्याउने आफु नजिकका व्यक्तिहरूलाई उपभोक्ता समिति को अध्यक्ष बनाउने त्यहाँ आर्थिक अनियमितता गर्ने कार्य गरेको पाइएमा पार्टीले कारबाही गर्ने समेत बताउनुभयो ।
कार्यक्रमका वक्ताहरूमा राष्ट्रिय सभा सदस्य चक्रप्रसाद स्नेही, नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य शान्ति भट्ट प्रेस चौतारी नेपाल सुदूरपश्चिम प्रदेश कमिटी सचिव लोकेन्द्र ओझा, नेपाल बुद्धिजीवी परिषद्का सुदूरपश्चिम प्रदेश उपाध्यक्ष पुष्पराज जोशी, नेपाल बुद्धिजीवी परिषद् डडेलधुराका संस्थापक अध्यक्ष कृष्ण ओझाले शुभकामना मन्तव्य राख्नुभएको थियो।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।