Amargadhi Post

डडेल्धुरामा १६ बर्ष सम्म पनि नत पुल बन्यो नत अस्पताल नै बन्यो ? कति बर्ष लाग्छ सिडियो सर भन्दै बुझाए स्थानीयले ज्ञापनपत्र ?

मानबहादुर साँउद
डडेल्धुरा,चैत्र,४ गते । मोटेरबल पुल निर्माण सम्पन्न हुन २ बर्ष ४ बर्ष त्यो भन्दा कति लाग्छ र ? न पुल बन्यो नत अस्पताल बन्यो दुई वटा ठेक्का बषौ देखि अलपत्र छन डडेल्धुरामा । मोटेरेबल पुल निर्माणको ठेक्का पाएको १६ बर्ष पुरा भयो तर पुल बन्न सकेको छैन । जनताको अति आबश्यक सेवाभित्र पर्ने पुल नहुदा स्थानीयले बषौं देखि सास्ती भोगीरहेका छन ।

 त्यो भन्दा पनि अति आबश्यक सेवा अस्पताल हो त्यसको ठेक्का पाएको पनि ४ बर्ष बित्यो त्यो पनि अधुरो नै छ ? सोमबार स्थानिय जनताको प्रतिनिधित्व गर्दे एकजना वडा अध्यक्षको नेतृत्वमा डडेल्धुरा प्रशासनमा पुगेर प्रमुख जिल्ला अधिकारीको हातमा थमाएर पुल र स्वास्थ्य भबन निर्माण सम्पन्न हुन कति बर्ष लाग्छ भन्दै ध्यानाकर्षण पत्र बुझाएका छन । १६ बर्ष पुरा भयो अझ कति बर्ष लाग्छ ? सिडियो सर जवाफ चाहिन्छ भन्दै उनीहरुले ज्ञापनबुझाएर भने ठेकेदार कम्पन्नीलाई भन्दा भन्दै बषौं बित्यो ? सुनुवाई भएन ? ठेक्का लगाउने कार्यालयलाई हार गुहार गरियो सुनुवाई भईरहेको छैन के गर्नुपर्ला हामीलाई जवाफ चाहिन्छ भन्दै डडेल्धुराका प्रमुख जिल्ला अधिकारीको कार्यपक्षमै पुगेका नबदुर्गा गाँउपालिका वडा नं.३ का वडा अध्यक्ष भक्तबहादुर कठायतले भने ।

 डडेल्धुराको नबदुर्गा गाँउपालिका र गन्यापधुरा गाँउपालिकाको सिमा क्षेत्रमा रहको सकायल खोलामा बन्न लागेको पुल र डाडाबनमा बन्न लागेको अस्पताल भबन ४ बर्ष देखि अलपत्र छ राज्य प्रशासन बेखबर हुन पाउछ भन्दै वडा अध्यक्ष कठायतले प्रश्न गर्दे भने यही हो शुसासन ? यसकै लागी जनताले ब्यबस्था परिबर्तनको आन्दोलनमा होमिएका हुन हामीलाई यथासाक्य जवाफ चाहिन्छ हैन भने स्थानीय सडकमा उत्रिनु पर्ने अबस्था सिर्जना नहोस भन्न भ्याए ।

 दुई पालिकालाई जोड्ने गरि २०६६ सालमा सडक डिभिजन कार्यालय कुलपातेले टेण्डर आह्वान गरेको थियो । उक्त टेण्डर चाँदनी कन्ट्रक्सन निर्माण कम्पनीले प्राप्त गरेको थियो र तिन बर्षमा सम्पन्न गर्ने गरि झण्डै १४ करोड बराबरको रकममा सम्झौता भएको १६ बर्ष बित्यो । पुल निर्माणका लागि दवाव दिन बनेको संघर्ष समितिले जिल्ला प्रशासन कार्यालय डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेलाई ध्यानाकर्षण पत्र बुझाउँदै कम्पनी सञ्चालकलाई तत्काल निर्माण कार्य सम्पन्न गराउन पहल गरिदिन ध्यानाकर्षण पत्र बुझाएको संघर्ष समितीका संयोजक तथा नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का वडाअध्यक्ष कठायतले जानकारी दिनुभएको छ । निर्माण कम्पनी लाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत आलटाल गर्दै आइरहेको र सो पुल निर्माणका लागी ठेक्का लगाउने निकाय सडक डिभिजन कार्यालय कुलपाते डोटी समेत बेखबर जस्तै बनेको संघर्ष समितीको आरोप छ ।


पुल निर्माण कार्य अलपत्र परे सगैं नवदुर्गा गाउँपालिका वडा नम्बर ३ स्थित डाँडावनमा निर्माण भईरहेको १५ सैययाको अस्पताल पनि अलपत्र परेको छ । राजेन्द्र निर्माण कम्पनी र नवदुर्गा गाउँपालीका विच २०७८ सालमा सम्झौता भई सो अस्पतालको पनि हालसम्म जग निर्माण बाहेक अरु कुनै हुन नसकेको उनीहरुको गुनासो छ ।

अस्पताल जस्तो सम्बेदनशिल क्षेत्रमा पनि यस्तो लार्पवाही हुँदा समेत नत पालिका जवाफदेही छ नत स्थानीय प्रशासन जवाफदेही हुन्छ अनि ठेकेदार कम्पनीको त कुरै नगरौं कहिले सम्म बन्छ त सिडियो सर स्थानीयलाई चित्तबुझ्दो जवाफ आएन भने सडक सर्घष अन्तिम बिकल्प बन्नेछ यो हाम्रो चेतावनी संर्घष समितिका अर्का सदश्य शेरबहादुर बिष्टले भने— चार बर्ष बित्न लाग्यो कहिले बन्छ अस्पताल । दुई पक्षिय सम्झौता हुन्छ तर तर कार्यान्वयन हुदैन तर राज्य बेखबर कहिले सम्म हुने भन्दै बिष्टले भने निर्माणको ठेक्का लिने तर अलपत्र छोड्दै हिड्ने सम्झौता अनुसार काम नगर्नेलाई राज्यले डण्डा चलाउन किन नसक्ने भन्दै प्रश्न गर्नुभएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।