Amargadhi Post

पत्रकार हत्या र संचारमाध्यम माथीको आक्रमण बिरुद्ध डडेल्धुराका पत्रकार उत्रिए सडकमा

लक्ष्मी ऐर 
डडेल्धुरा,चैत्र १६ गते । पत्रकार सुरेश रजकको हत्या र सञ्चार माध्यमहरूमाथि भएको बर्बरता पुर्ण आक्रमणको नेपाल पत्रकार महासङ्घ डडेल्धुरा शाखाले डडेल्धुरा सदरमुकाममा विरोध प्रर्दशन गरेको छ ।
आन्दोलनका नाममा शुक्रबार राजावादीले काठमाडौँमा आयोजना गरेको हिंसात्मक प्रदर्शनको क्रममा एभिन्युज टेलिभिजनमा कार्यरत पत्रकार सुरेश रजक रिपोटिङका क्रममा घरभित्र आगजनी हुदाँ घटनास्थलमै मृत्यु भएको थियो । रजकको शव जलेको अवस्थामा फेला परेको थियो । राजावादीहरूले अन्नपूर्ण पोष्ट, कान्तिपुर टेलिभिजन लगायत विभिन्न सञ्चारमाध्यम र पत्रकारहरूमाथि पनि आक्रमणमा उत्रिएका थिए ।
पत्रकार र सञ्चारमाध्यममाथि राजावादीले निशाना बनाएकोमा पत्रकार महासङ्घको केन्द्रीय सर्कुलर अनुसार डडेल्धुरामा शान्तिपूर्ण विरोध प्रदर्शन गर्दे पत्रकारहरुले टाउकोमा कालो पटटी बाधेर बजार परिक्रममा गर्दै भीमदत्त चोकमा बिरोध सभामा परिणत भएको थियो । महासङ्घको स्थापना दिवसको अवसरमा पूर्वनिर्धारित कार्यक्रमहरू स्थगित गरी महासङ्घले देशभर विरोधका कार्यक्रम गर्र्ने निर्णय लगत्तै डडेल्धुरा शाखाले प्रर्दशन गरेको हो ।
प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेपाल पत्रकार महासङ्घका सुदुरपश्चिम प्रदेश समितिका उपाध्यक्ष मानबहादुर साँउदले आन्दोलनका नाममा प्रेशमाथीको बर्बरता र रिपोटिङ गरिरहेका पत्रकार रजकको हत्या घटनामा संलग्न दोशीउपर कानुनी कारबाहीको माग गर्नुभयो । लोकतन्त्रमा प्रेश स्वतन्त्रता कुण्ठित गर्दे पत्रकार र सञ्चारमाध्यम माथि आक्रमण हुनु दखद बिषय भएको भन्दै साँउदले घटनालाई अक्षम्य अपराधको संज्ञा दिनुभयो ।


नेपाल पत्रकार महासङ्घका पुर्ब केन्द्रीय सदश्य उत्तर बिष्टले आन्दोलनका नाममा राजाबादीहरुल संचारमाध्यम र पत्रकारमाथीको बर्बरतापुर्ण ब्यबहार लोकतन्त्रमा नुसाउने बताउनुभयो । बिरोध सभामा पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका पुर्ब कोषाध्यक्ष राम धामीले पत्रकारमाथीको आक्रमणको निन्दा गर्दे दोशी उपर हदै सम्मको कारबाही हुनुपर्नैमा जोड दिनुभयो । पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिंहले संचालन गरेको उक्त बिरोध सभामा पत्रकारका बिभिन्न संघ संगठनका नेताहरुको सहभागीता रहेको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।