लक्ष्मी ऐर
डडेल्धुरा,चैत्र २१ गते । भुमि अधिकार तथा श्रमिक संगठन नेपालका केन्द्रीय अध्यक्ष शान्ता चौधरीले आधारभुत बर्ग समुदाय सम्म पार्टी पुग्न नसकेको बताउनु भएको छ ।
भुमि अधिकार तथा श्रमिक संगठन डडेल्धुराको जिल्ला भेलालाई संम्बोधन गर्नुहुदै नेत्री चौधरीले आधारभुत बर्ग र समुदाय सम्म पाटी नपुगेको दाबी गर्नुभयो ।
एमाले पार्टीको आधारभुत बर्ग समुदाय भुमिहिन,सुकुम्बासी,हलिया,कमैया,दलित बस्ती हो त्यो बस्ती सम्म पाटी पुग्नु पर्छ पुर्ब सांसद एबम एमाले पोलिटब्युरो सदश्य चौचरीले भनिन— जुन बर्गका लागी पार्टी निर्माण भएको हो त्यँहा सम्म पुग्न नसक्नु हाम्रो कमजोरी हो ।

एमालेको नेतृत्वमा सरकार बन्दा आधारभुत बर्गलाई लक्षित हुने कामहरु भएका छन तर त्यसलाई प्रचारमा लैजान सकेनौं उहाँले भन्नुभयो— बृद्धभत्ता देखि आफ्नो गाँउ आफै बनाउ भन्दै नौ स को कार्यक्रम ल्याईएको थियो । सडक सञ्जाल देखि अस्पताल निर्माण सम्म प्राबिधिक शिक्षा देखि एकल महिला भत्ता हुदै मुलुक सुरुङ मार्गमा प्रबेश गरेको छ यो असाधारण बिकास हो तर पनि जनता सम्म प्रचार गर्न सकिएको छैन नेत्री चौधरीले भनिन— सुकुम्बासी आयोग निर्माण गरेर भुमिहिनहरुको हातमा लालपुर्जा दिने देखि कमैया र हलियालाई मुक्त घोषणा गर्दै आवासको ब्यबस्थापन गरेको छ ।

एमालेको नेतृत्वमा बहुमतको सरकार बन्यो भने बैज्ञानिक समाजबाद निर्माण हुनेछ त्यसैले त्यसका लागी पार्टी पक्तिले आधारभुत बर्ग समुदायलाई संगठीत गर्न जरुरी छ उहाँले भन्नुभयो— पाटी संगठनले आफ्नो बर्ग समुदायको धरातल बिर्सिएको छ यसको समिक्षा गर्नु आबश्यक रहेको छ । श्रमिकको सम्मान जब सम्म हुदैन तब सम्म समाजबादको गनतब्य सम्म पुग्न सकिदैन उहाँले भन्नुभयो—श्रमिक र आधारभुत बर्गका समस्याको पहिचान गरि समाधान गर्न पाटी नेतृत्व गम्भिर बन्नुपर्ने देखिएको छ । भुमि अधिकार तथा श्रमिक संगठन डडेल्धुराकी अध्यक्ष इन्दिरा ताम्राकारको अध्यक्षतामा सम्पन्न भएको जिल्ला भेलामा नेकपा एमाले प्रदेश कमिटि सचिबालय सदश्य ज्ञानु गैरे, एमाले प्रदेश कमिटि सदश्य करन ताम्राकार र एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीले मनतब्य राख्नु भएको थियो । भेलाबाट तेजबहादुर कामीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गर्दे सम्पन्न भएको छ ।



