Amargadhi Post

तिन तहकै सरकार बिचको समन्वय अभाब ः मन्त्री थापा

लक्ष्मी ऐर 
डडेल्धुरा,चैत्र,२३ गते । सुदुरपश्चिम प्रदेशको भुमी ब्यबस्था कृषी तथा सहकारी मन्त्री बीरबहादुर थापाले तिन तहकै सरकार बिचको समन्वय सहकार्यको अभाब हुदाँ जनतामा निराशा आएको बताउनु भएको छ ।
कृषी बिकास निर्दैशनालय डोटीद्धारा शुक्रबार डडेल्धुरामा आयोजित स्थानीय तह प्रमुख एंबम सरोकारवालाहरु संगको समन्वयात्मक गोष्ठीमा बोल्नुहुदै मन्त्री थापाले तिन तहकै सरकार बिचको समन्वय हुन नसकेको स्विकार गर्नुभयो ।
तिन तहका सरकारको उदेश्य एउटै भएपनि काम गर्ने तौरतरिका मिलेको छैन आफ्नै पिच्छे छन मन्त्री थापाले भने— बिकास निर्माणका योजना डुब्लीकेशन भईरहेका छन तर हामीले एकरुपतामा ल्याउन सकेका छैनौं ।
गाँउबस्तीमा बिगत भन्दा निकै बिकासले फड्को मारेको देख्न सकिन्छ तर जनता सन्तुष्ट छैनन उहाँले भन्नुभयो— तिनै तहका सरकारलाई लाग्ने आरोप एउटै छ,कमिशनमा योजना बने,पहुँचवालाले योजना पाए, योजनामा भ्रष्टाचार भयो खै कारबाही ? कतै योजनाको फालाफाल त कतै योजनाको सुनसान जस्ता आरोप लाग्ने गरेका छन ।
स्थानीय स्तरमा अनुगमन कार्य प्रभाबकारी हुन नसक्दा योजनामा पारदर्शिता र प्रभाबकारीता हुन सकीरहेको छैन मन्त्री थापाले स्विकार गर्दे भन्नुभयो— प्रदेश र संघ सरकारका योजना पनि गाँउमै छन,सहरमै छन तर हामीले भन्ने गरेको नजिकको सरकार स्थानीय सरकार छ उसले निगरानी बढाउनु पर्छ ।
योजनामा भईरहेको डुब्लीकेशन,समानुपातिक बजेट बिनियोजन र आबश्यकतामुखी योजना भन्दा नेतामुखी योजना बन्ने गरेको महसुस भईरहेको छ मन्त्री थापाले स्विकार गर्दै भने— यो परिपाटीलाई रोक्न गाँउ टोल तहबाटै योजनाको माग गरेर प्राथमिककरण मार्फत योजनाको सिफारिस गर्न समेत स्थानीय सरकार प्रमुखहरुलाई आग्रह गर्नुभयो । बिकासमा भईरहेको गुणस्तरहीन काम ,अनुदानका नाममा काम नै नगरी बजेट कुम्ल्याउने प्रबृतीलाई निरुत्साहित र दण्डित गर्न जरुरी छ उहाले भन्नुभयो— को परे को परेन ? होईन बिकास बिरोधी जो कोही हुन कारबाहीको दायरामा ल्याउनै पर्छ ।


सरोकारवालाको ब्यापक असन्तुष्टीलाई सम्बोधन गर्नुहुदै मन्त्री थापाले भुमी ब्यबस्था कृषी तथा सहकारी मन्त्रालयले आगामी बजेट मागमा आधारीत र टोलबस्तीबाट छनौट भएका योजना मात्रै समाबेशन हुनेमा बिश्वास दिदै पुर्णतया बिचौलीयाको चलखेल रोकिने बताउनुभयो । कृर्षि बिकास निर्देशनालायका महानिर्र्देशक खकेन्द्र प्रशाद शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यशाला गोष्ठीमा नबदुर्गा गाँउपालिकाका अध्यक्ष लक्ष्मीप्रशाद अबस्थीले प्रदेश सरकारबाट आएका बजेटहरु जनतामुखी भन्दा पनि बिचौलिया र कार्यकर्तामुखी भएकाले जनतामा ब्यापक असन्तुष्टी रहेको बताउनुभयो । पालिका सरकारले सिफारिस गरेका योजनाहरु न्युन समाबेश हुन्छन तर ब्यक्ति ब्यक्तिका योजनाहरु छनौट भएर आउछन हामीलाई फड्के किनाराका साँची मात्रै राख्ने काम भईरहेको भईरहेको छ नबदुर्गा गाँउपालिका अध्यक्ष अबस्थीले भन्नुभयो— योजना सम्पन्न भएको सिफारिस माग्न मात्रै आउछन,योजना बन्यो की बनेन भनेर सोध्न समेत सक्ने अबस्था छैन पावर बजेट हो भन्दै गाली गर्ने प्रबृती हाबी भईरहेको छ यो रोक्न जरुरी छ ।
अध्यक्ष अबस्थीकै जस्तो अधिकास गाँउपालिकाको गुनासो थियो योजना आबश्यकता र मागमा आधारित भएन र पहुचवाला र कार्यकर्ता मुखी योजना बन्न थाले अनि कसरी प्रभाबकारीता र पारदर्शिताको कुरा गर्ने भागेश्वर गाँउपालिकाका अध्यक्ष हेमराज चटौतले भन्नुभयो— प्रदेशका अधिकाँस योजनाहरु बिचौलिया मुखी छन काम नै नगरी पैशा हजम गरिदिने प्रबृती बढीरहेको छ । स्थानीय सरकारलाई थाहा नै हुदैन योजना आएको जब कार्यान्वय र अन्तिम भुक्तानी हुने बेला सिफारिसका लागी आउछ त्यो बेला सिफारिस नदिए नदिए झगडा गर्छन तर अनुगमन नै नगरी प्राबिधिकले सिफारिस गर्नुपर्ने बाध्यता छ ।


कार्यशाला गोष्ठीमा नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष मानबहादुर साँउदले तिनै तहका सरकार बिच समन्वय,सहकार्यको अभाब खड्कीएको महसुस गर्दे अनुगमनको पाटोलाई प्रभाबकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
स्थानीय र संघ सरकारका योजना भन्दा प्रदेश सरकारका योजनामा बढी बिकृती देखिएको छ पत्रकार साँउदले भने— नत जनताको मागमा आधारीत छन नत आबश्कयतामा आधारित छन केबल पहुचवाला,बिचौलिया र पार्टीका कार्यकर्ता केन्द्रीत छन यो बिकृती हटाउन जरुरी छ जनतामा ब्यापक नैरश्यता छाईरहेको छ । तिनै तहका सरकारबाट सम्पादन भईरहेका बिकासका योजना र काम कारबाहीमा एकरुपता ल्याउन सहकार्य समन्वय आबश्यक छ साँउदले भन्नुभयो—जिल्ला स्तरमा संयन्त्र बनाएर अनुगमनको पक्षलाई बलियो बनाउन आबश्यक देखिन्छ ।


कार्यक्रममा आलिताल गाँउपालिकाकी उपाध्यक्ष मैनादेबी रावल,जिल्ला समन्वय समितिका प्रमुख गगनसिह भण्डारी,कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख नरेन्द्र पनेरु,स्थानीय अगुवा कृर्षक रामदत्त जोशी,पत्रकार महासंघ डडेल्धुराका अध्यक्ष हिक्मत सिह,कृषक अगुवा प्रिन्स अबस्थी लगायतले आफ्ना सुझाब र धारणा राखेका थिए । कृषि क्षेत्रमा उत्कृष्ट कार्य गरेबाफत बिभिन्न अगुवा किसानलाई पुरुष्कृत समेत गरिएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।