मानबहादुर साउद
डडेल्धुरा,चैत्र,२८ गते । डडेल्धुराको त्रिबेणि बहुमुखी क्याम्पस जोगबुडामा सम्पन्न भएको स्वबियु निर्वाचनमा नेपाल बिद्यार्थी संघको प्यानलै बिजयी भएको छ ।
एमाले निकट अनेरास्ववियु र माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)को संयुक्त प्यानललाई पराजीत गर्दै काङ्ग्रेस निकट नेपाल बिद्यार्थी संघको प्यानल बिजयी भएको हो । त्रिबेणि बहुमुखी क्याम्पस जोगबुडाको स्वबियु अध्यक्षमा प्रकाश अवस्थी, सचिवमा भुवन बोेहरा, कोषाध्यक्षमा बिन्द्रा धामी,सदस्यहरुमा केशब बोहरा, निर्मला धामी,सरस्वती सुनार,अस्मिता खड्का,उषा पाण्डेय (उर्मिला) र निराजन बोहरा निर्वाचित भएका छन ।

अखिल संयुक्त प्यानलका अध्यक्ष पदका उमेदवार भोज लुहारलाई ३६ मतले पछि पार्दै स्वबियु अध्यक्षमा प्रकाश अवस्थी निर्वाचित भएका हुन । अध्यक्षमा निर्बाचित अवस्थीले जम्मा खसेको ३ सय १ मत मध्ये १ सय ६८ मत प्राप्त गरेर बिजयी भएका थिए भने उनका प्रतिद्धन्द्धी सयुक्त प्यानलका भोज लुहारले १ सय ३२ मत प्राप्त गरेका हुन । जम्मा ३ सय ११ मतदाता रहेको त्रिबेणि बहुमुखी क्याम्पस जोगबुडामा जम्मा ३ सय १ मत खसेको निर्वाचन अधिकृत तेज बहादुर साँउदले जानकारी दिनुभयो ।
यसैगरी सचिब पदमा निर्बाचित भुवन बोहराले १७२ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्धन्दी तिर्थराज खातीले १२३ मत ल्याएका थिए । कोषाध्यक्ष पदमा नेपाल बिद्यार्थी संघकै बिन्द्रा धामी बिजयी भएकी छन । बिन्द्रा धामिले १६८ मत ल्याएकी छन भने उनकी निकटतम प्रतिष्पर्धी रमिता जोशीले १२८ मत प्राप्त गरेकी छन ।




