अमरगढी पोष्ट दैनिक
डडेल्धुरा,बैसाख २ गते । धनगढीमा सुविधासम्पन्न होटेल सञ्चालनमा आएको छ। युवा व्यवसायी सुरेन्द्र पन्तले धनगढी उपमहानगरपालिका–२ स्थित भन्सार रोडमा ‘होटेल देव इन’ सञ्चालनमा ल्याएका हुन्। होटेलको संचालक सुरेन्द्र पन्तकी आमा डम्वरीदेवी पन्तले रिवन काटेर होटेलको उद्घाटन गरेकी हुन्।
होटेलमा सुविधा सम्पन्न १९ कोठाहरू छन्। होटेलमा चार वटा लग्जरियस रुम र बाँकी १५ वटा डिलक्स रुम छन्। होटेलको बाहिरी बनोट र सुविधा सम्पन्न रुमहरूले बाह्य पर्यटकलाई पनि आकर्षित गर्ने संचालक पन्तको विश्वास छ। होटेलमा हल, डाइनिङ रेष्टुरेन्ट र बार रहेका छन्। होटेलमा लिफ्टको सुविधा छ। यस्तै, अन्डरग्राण्ड र बाह्य पार्किङको व्यवस्था पनि रहेको सञ्चालक पन्तले जानकारी दिएका छन । बिभिन्न परिकारका खाना नास्ता र सुबिधा सम्पन्न रोमहरु संचालनमा ल्याईएको होटल संचालकले जनाएका छन । सुबिधा सम्पन्न र गुणस्तरयुक्त भोजनका साथै सस्तो र सुलभ दरमा ब्यबस्थापन गरिएको र सेवाको मौका दिनका लागी सबै ग्राहकहरुमा आग्रह समेत संचालक पन्तले गर्नुभएको छ ।



