Amargadhi Post

एमाले डडेल्धुराले पार्टी स्थापना दिवसका अबसरमा बिरामीलाई फलफुल बितरण

लक्ष्मी ऐर 
डडेल्धुरा,बैसाख,९ गते । नेकपा एमाले डडेल्धुराले कम्युनिष्ट पार्टीेको ७६ औं स्थापना दिवसको अबसरमा बिरामीहरुलाई फलफुल बितरण गरि मनाएको छ ।
डडेल्धुरा अस्पतालका बिरामीहरुको सिघ्र स्वास्थ्य लाभको कामना गर्दे बिरामीहरुलाई फलफुल बितरण गरि आज स्थापना दिवस मनाईएको हो ।
एमाले डडेल्धुराका अध्यक्ष गजेन्द्र शाहीको अगुवाईमा डडेल्धुरा अस्पतालमा रहेका बिरामी र उनका कुरुवाहरुलाई फलफुल बितरण गरि पार्टीको स्थापना दिवस मनाईएको जनाएको छ । छयात्तर वर्षअघि २००६ साल वैशाख ९ गते (तद्नुरुप २२ अप्रिल १९४९) मा आजकै दिन भारतको कोलकत्ताको श्यामबजार स्थित एक घरमा पुष्पलाल श्रेष्ठको नेतृत्वमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो ।


पार्टीका तत्कालीन संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ र संस्थापक नेतामा नरबहादुर कर्माचार्य, निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहनुभएको थियो । अहिले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा, नेकपा माले लगायतका पार्टी छन् । विसं २०७५ जेठमा एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिष्ट पार्टी नेकपा बने पनि त्यो पनि धेरै लामो समय टिक्न सकेन ।
दिवसका अवसरमा नेपाली कम्युनिष्ट आन्दोलनको विकास र विस्तारमा महत्त्वपूर्ण योगदान गर्नुभएका सात जना विशिष्ट व्यक्तित्वहरूलाई कम्युनिष्ट योद्धाका रूपमा सम्मान गर्ने र ‘सेल्टर’ पुस्तक पनि सार्वजनिक गर्ने भएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।