Amargadhi Post

भीमदत्त राजमार्गमा मिनि ट्रक दुर्घटना,तिन जनाको मृत्यु

लक्ष्मी ऐर 
डडेल्धुरा,बैसाख, १० गते । भीमदत्त राजमार्ग अन्र्तगत डोटी डडेल्धुराको सिमनामा पर्ने जोरायल गाउपालिका १ गोल्डेन नजिक मिनि ट्रक दुर्घटना हुदाँ सवार तिनजनाको घटनास्थलमै मृत्यु भएको छ ।
धनगढीबाट बझाग तर्फ गइरहेको सु.प.प्र ०१००१ ख ३४२८ नम्बरको खाद्यान्न बोकेको मिनीट्रक बिहान ५ ः०० बजेतिर भीमदत्त राजमार्गको गोल्डेन भन्ने ठाँउमा दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा बझाङ बुङ्गल नगरपालिका–२ मलेना बस्ने ३२ वर्षीय चालक अर्जुन धामी, सोही ठाउँका ४२ वर्षीय उज्जल जाग्री र ४० वर्षीय जगत धामीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख बिनोद शर्माले घटनामा मृत्यु भएकाहरुको परिवारजनलाई जानकारी गराईसकीएको र घटनाका बिषयमा थप अनुसन्धान भईरहेको बताउनुभयो ।
मिनि ट्रक अनियन्त्रित भएर दुर्घटना भएको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको भएपनि घटना स्थलमै जनाको मृत्यु भएको प्रहरी प्रमुख शर्माले बताउनुभयो । सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।