Amargadhi Post

आगामी बजेटमा कृर्षी र पशुक्षेत्र बिशेष प्राथमिकतामा ः मन्त्री खड्का

लक्ष्मी ऐर 
डडेल्धुरा,बैसाख,१९ गते । सुदुरपश्चिम प्रदेश सरकारका समाजिक बिकास राज्य मन्त्री सरस्वती खड्काले आगामी आर्थिक बर्षको बजेटमा कृर्षि र पशसेवा क्षेत्रका योजनाहरु बिशेष प्राथमिकतामा पर्ने बताउनु भएको छ ।
कृर्षी ज्ञान केन्द र भेटेनरी पशुसेवा बिज्ञ केन्द्र डडेल्धुराको आयोजनामा शुक्रबार गरिएको आगामी आर्थिक बर्षका लागी योजना तर्जुमा गोष्ठीमा राज्यमन्त्री खड्काले सो कुरा बताउनु भएको हो ।
जिल्ला समन्वय समिति डडेल्धुराका प्रमुख गगनसिह भण्डारीको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यशाला गोष्ठीमा डडेल्धुराका सातवटै पालिकाका प्रमुख तथा उपप्रमुख,अगुवा किसानहरु,संचारकर्मीहरु,सरोकारवाला पक्षहरुको सहभागीता रहेको थियो । तिन तहकै सरकारहरुले निमार्ण गर्ने बजेट र योजनाहरु दोहरीने,योजनामा बिचौलियाहरु हाबी हुने र आबश्यकताभन्दा पनि ब्यक्तिका योजनाहरु छनौट हुने ब्यापक गुनासो आउन थालेपछि प्रदेश सरकारले आगामी ल्याउने बजेट स्थानिय तहले सिफारिस गरेका योजनाहरु समाबेश हुने मन्त्री खड्काले बताउनुभयो ।
प्रदेश सरकारले ल्याउने नयाँ आर्थिक बर्ष २०८२÷०८३को बजेटमा पशुपन्छी र कृर्षी क्षेत्रका योजना बजेट बिशेषरुपमा पर्नै बताउनुहुदै मन्त्री खड्काले योजनाहरुको पारदर्शिता गुणस्तर र जवाफदेहीता बनाउनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा भुमी ब्यबस्था कृर्षी तथा सहकारी मन्त्रालय सुदुरपश्चिम प्रदेश सचिब शंकर शाहले तिनै तहका सरकारहरु समन्वय,सहकार्य गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । एक अर्कालाई आरोप प्रत्यारोप गर्नुभन्दा पनि सबै मिलेर शुसासन,पारदर्शिता र बास्तबिक किसानहरुलाई लक्षित गरेर योजना तर्जुमा गर्नु र योजनाहरु कार्यान्वयन गराउनु अहिलेको मुख्य जिम्मेवारी भएको बताउनुभयो । कार्यक्रममा पत्रकार महासंघका सुदुरपश्चिम प्रदेशका उपाध्यक्ष मानबहादुर साँउदले तिन तहका सरकारका बिच समन्वय सहकार्यको अभाब रहेको भन्दै मिलेर अघि बढ्नु आबश्यक रहेको बताउनुभयो ।


बास्तबिक किसानलाई प्रेरित गर्न खालका योजना र बजेट आबश्यक छ साँउदले भन्नुभयो— अनुगमनको कामकारबाहीलाई प्रभाबकारी बनाउन नसक्नु अपारदर्शिता बढ्नु हो । कार्यक्रमा गन्यापधुरा गाउपालिकाका अध्यक्ष इन्द्रबहादुर कार्की,नबदुर्गा गाउपालिकाका अध्यक्ष लक्ष्मी प्रशाद अबस्थी,अगुवा किसान प्रिन्स अबस्थी,पत्रकार महासंघका डडेल्धुरा अध्यक्ष हिक्मत सिह,उद्योग बाणिज्य संघका उपाध्यक्ष दिपक महता लगायले सुझाब सल्लाह राख्नु भएको थियो ।
कृर्षी ज्ञान केन्द्र डडेल्धुरा र भेटेनरी अस्पतालका बिज्ञ केन्दले चालु आर्थिक बर्षका योजनाहरुको कार्यान्वयन र आगामी आर्थिक बर्षका लागी सम्भाबित क्षेत्र र आबश्यकता केन्द्रीत प्रतिबेदन पेश गरिएको कृर्षी ज्ञान केन्द्र डडेल्धुराका प्रमुख नरेन्द्र पनेरुले जानकारी गराउनु भएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।