Amargadhi Post

डडेल्धुरा बार इकाईको अध्यक्षमा बोहरा

लक्ष्मी ऐर 
डडेल्धुरा,बैसाख,२६ गते । डडेल्धुरा बार इकाईको अध्यक्षमा अधिबक्ता तुलाराम बोहरा सर्बसम्मत निर्बाचित भएका छन ।
नेपाल बार एसोसिएसन डडेल्धुराको १० सधारण सभा तथा जिल्ला अधिवेशनबाट बोहराको नेतृत्वमा जिल्ला कार्यसमिति चयन भएको हो ।
नब निर्बाचित जिल्ला कार्यसमितिको उपाध्यक्षमा गोविन्दराज जोशी, सचिव सुरेश थापा र कोषाध्यक्षमा आरती जोशी चयन भएका छन ।
यसैगरी सदश्यहरुमा अधिबक्ता मोहनराज पाठक, बिष्णु भट्ट, रोहित देउवा, हरी भट्ट, ओमप्रकाश साउद र युवराज जोशी चयन भएका छन् भने केन्द्रीय प्रतिनिधीमा पुष्पराज जोशी चयन भएका छन । जिल्ला बार इकाई डडेल्धुराको नेतृत्वको हरेक पटक सर्बसम्मत हुने गरेको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।