Amargadhi Post

मिडिया क्षेत्रका समस्या संग जानकार छु ः मन्त्री सार्की

लक्ष्मी ऐर 
डडेल्धुरा,बैसाख,२८ गते । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हिरासिह सार्कीले मिडिया क्षेत्रका समस्याहरु संग आफु जानकार रहेको बताउनु भएको छ । पछिल्लो समय मिडिया क्षेत्रमा देखिएको आर्थिक संकट हटाउनका लागी आफु लागीपरेको उहाँले बताउनु भयो ।
डडेल्धुरामा शनिवारबाट सुरु भएको एफएम रेडियोमा कार्यरत पत्रकारहरूको क्षमता विकास सम्बन्धी तालिमको आईतबार समापन कार्यक्रममा बोल्नुहुदै उहाँले रेडियोहरु हरेक नागरिकको अवाज भएको बताउनुभयो ।
कोरनापछि मिडिया क्षेत्र निकै धारासायी भईरहेको प्रति जानकार हुदाँ हुदै पनि प्रदेश सरकारको आमसंचार बिद्येयक पास नभएकाले समस्या उत्पन्न भईरहेको बताउनु भएको छ । आमसञ्चार विधेयक पास नहुदाँ रजिष्ट्ररको कार्यालय स्थापना हुन सकीरहेको र्छैन मन्त्री सार्कीले भन्नुभयो— छिटटै आमसंचार बिद्येयक संसदबाट पास भएर मिडिया क्षेत्रका समस्या समाधान तर्फ प्रदेश सरकार लाग्ने आश्वासन दिनुभयो । पत्रकारहरुको बृद्धि बिकास र ब्यवस्थापनका लागि प्रदेश सरकारले आगामी आर्थिक बर्षमा मिडिया क्षेत्रमा बजेट छुटयाई दिन पत्रकारहरुले आग्रह गरेका छन ।


पत्रकार महासंघ सुदुरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहको अध्यक्षतामा सम्पन्न भएको दुई दिवशिय कार्यशाला गोष्ठीमा बरिष्ठ पत्रकार एंबम मुख्य प्रशिक्षक रघु मैनालीले रेडियो पत्रकारहरु संकटमा रहेपनि मुलुकका लागी आबश्यकता र महत्व रहेको बताउनुभयो ।
पत्रकारहरुका समस्या र चुनौतीहरुलाई समाधान गर्न आन्तरिक मामिला तथा कानुन मन्त्रालय गम्भिर बनीदिन आग्रह गर्दे पत्रकार महासंघ प्रदेशका उपाध्यक्ष मानबहादुर साँउदले मिडिया प्रर्बद्धन र क्षमता बिकासमा टेवा पुग्ने गरि बजेट निर्धारण गर्नुपर्नेमा जोड दिनुभयो । दुई दिने कार्यक्रममा सुदुरपश्चिमका ९ वटै जिल्लाका रेडियो पत्रकारहरुको सहभागीता रहेको थियो । सहभागी पत्रकारहरुलाई मन्त्री सार्कीले प्रमाणपत्र प्रदान गरिएको थियो ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।