लक्ष्मी ऐर
डडेल्धुरा,बैसाख,३० गते । डडेल्धुरामा राष्ट्रिय परिचयपत्र बनाउनेहरुको निकै घुईचो लाग्ने गरेको छ तर जनशक्ति अभाबका कारण सेवाग्राही निकै समस्यामा परेका छन । राष्ट्रिय परिचयपत्र फाँटमा दुईजना कर्मचारी कार्यरत छन सबै काम अनलाईन कम्प्युटरबाट हुने गर्दछ ।
हरेक दिन सयौं सेवाग्राहीहरु जिल्ला प्रशासन कार्यालय डडेल्धुराको राष्ट्रिय परिचयपत्र फाँटको अगाढी लाईन लागेका हुन्छन तर समय अभाबका कारण थप एक दिन जिल्ला सदरमुकाममा बास बस्नुपर्ने बाध्यता सिर्जना भईरहेको बेलापुरका सेवाग्राही रामबहादुर बिष्टको दुखेसो छ ।
उनले भने— बिहान ११ बजे आएको हु ३ बजे सम्म पालो आएको छैन आज हुदैन भोली आउनुहोला भन्दै छन कर्मचारी कहाँ बस्ने कसरी बस्ने चिन्ता लागीरहेको बताउनुभयो ।
एक दिनमा राष्ट्रिय परिचयपत्र कसो न बन्ला भनेर आएको तर यहाँ त निकै भिड लागेको छ यसो हेर्दा एक जना मात्रै कर्मचारी रहेछन अनि कसरी छिटो बन्छ त बिष्टको भनाई थियो । अजयमेरु गाँउपालिका ४ भद्रपुरका रमेशप्रशाद पनेरु भन्छन परिचयपत्र अनिवार्य रहेछ यहाँ दुई दिन भन्दा अगाढी बन्ने छाटकाट देखिदैन भिड लाग्ने गरेको छ सहज ढंगबाट बन्नका लागी पहल गरिदिन आग्रह गर्नुभयो ।
२०७७ साल भदौ २२ गते राष्ट्रिय परिचयपत्र बनाउने कामको सुरुवात भएको थियो जिल्ला प्रशसन कार्यालय डडेल्धुराका नायब सुब्बा चन्द्रबहादुर रोकायले भन्नुभयो— एउटा मात्रै स्टेशन भएका कारण भिड लाग्ने गरेको छ अर्काे थप्न पाए सहज हुने थियो ।
राष्ट्रिय परिचयप बनाउनका लागी राष्ट्रिय टोली खटिएको बेला झण्डै ६३४०६ जनाले फारम भरेका थिए जसमम्ये ५९९४७ जनाले परिचयपत्र पाईसकेको सुब्बा रोकायले बताउनुभयो ।

प्छिल्लो समय १५हजार भन्दा बढीले तथ्याक संकलन भएको छ ९५५६ जनाको परिचयपत्र प्रशासनमा आईपुगेको छ र बितरण कार्य भईरहेको छ उहाले भन्नुभयो— दैनिकजसो एक सय भन्दा बढी सेवाग्राहीहरु परिचयपत्र बनाउन आउछन तर आधा भन्दा बढी फर्काउनुपर्ने वा भोली आउनु भनेर पठाउनुपर्ने बाध्यता छ ।
थ्प स्टेशन भयो भने काम गर्न सहज हुने र सेवाग्राहीलाई आएकै दिन परिचयपत्र बनाउन सकिने हुने थियो उहाँले भन्नुभयो— टाढा टाढाबाट सेवाग्राही आउछन आज हुदैन भोली हुन्छ भन्दा आफैलाई नरमाईलो लाग्छ ।
डडेल्धुराको राष्ट्रिय परिचयपत्र बिबरण दर्ता अपरेटर घनश्याम जोशीले स्टेशन एउटै हुनु त्यर्सैमा कर्मचारीको अभाब हुनुले आफुलाई भ्याई नभ्याई भएको गुनासो गर्नुभयो । दुई जना मात्रै कर्मचारी छौं एउटाले डाटा इन्ट्री गछौ भने अर्काेले बिबरण फारम भर्ने काम गछौं जोशीले भने — तर कहिले काही त सेवाग्राहीको घुईचोका कारण पानी पिउने फुर्सद हुदैन ।
राष्ट्रिय परिचयपत्रलाई सरकारी कार्यालयले अनिवार्य बनाई दिएपछि टाटा टाढाबाट सेवाग्राहीहरु परिचपपत्र बनाउन आउने गरेका छन तर जनशक्ति अभाबका कारण निकै समस्या हुने गरेको स्वयम कर्मचारीले स्विकार गरेका छन ।
