Amargadhi Post

समग्र सुदुरपश्चिमका जनताले शान्ति सुरक्षाको आभास गर्नेगरी काम गछौं ः डिआईजी बिक

लक्ष्मी ऐर 
डडेल्धुरा,बैसाख ३१ गते । सुदूरपश्चिम प्रदेशका प्रहरी प्रमुख ( प्रहरी नायब महानिरीक्षक (डीआईजी) डम्बरबहादुर विकले समग्र सुदुरपश्चिमका जनताले शान्ति सुरक्षा अमन चयनको आभास हुने गरि काम गरिने बताउनु भएको छ ।


बुधबार जिल्ला प्रहरी डडेल्धुराको निरीक्षण र सरोकारवालाहरु सगंको भेटघाट कार्यक्रममा बोल्नुहुदै डिआईजी विकले सो कुराको प्रतिबद्धता ब्यक्त गर्नुभएको हो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा समेत जानकारी लिदै डिआईजी बिकले हरेक नागरिकको धनजनको सुरक्षा र शान्ति अमन चयन गर्नु प्रहरीको पहिलो कर्तब्य जिम्मेवारी रहेको जानकारी दिनुभयो । शान्ति सुरक्षा र अपराध नियन्त्ररण गर्ने सवालमा कहि कतै सम्झौता हुने छैन निष्पक्ष भएर प्रहरी अधिकारीहरुले कार्य सम्पादन र जिम्मेवारी निर्बाह गर्न समेत उहाँले निर्देशन दिनुभयो । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरिक्षक सुगन्ध श्रेष्ठले समग्र जिल्लाको शान्ति सुरक्षाको अबस्था र चुनौतीका बिषयमा सुदुरपश्चिम प्रहरी प्रमुख बिकलाई जानकारी गराउनु भएको थियो ।


प्रहरी प्रमुख विकले सबै प्रहरी कर्मचारीलाई जनताको सर्वोपरी हितलाई उच्च राखि जनताको जीउधनको सुरक्षा, मानव अधिकारको संरक्षण र सम्बर्धन गर्दै जनमैत्री प्रहरी सेवा प्रदान गरि समाजमा घट्ने विभिन्न प्रकृतीका अपराधिक घटनाहरूलाई न्यूनीकरण गर्दै सभ्य र सुरक्षित समाज निर्माण गर्ने संकल्पलाई सार्थक बनाउन लाग्नुपर्नैमा उहाँले जोड दिनुभयो । कार्यक्रमका सहभागी जिल्लास्थित सरोकारवाला निकायहरुले जिल्लामा भईरहेका लागु औषध,आत्महत्या,चोरी डकैती र हरेक नागरिकको शान्ति सुरक्षामा प्रहरी प्रशासन सकृयताका साथ लाग्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका, उद्योग वाणिज्य संघ, वुद्धिजिवी, समाजसेवी, पत्रकारहरूहरुको सहभागीता रहेको थियो ।

 

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।