लक्ष्मी ऐर
डडेल्धुरा,जेष्ठ १ गते । निजी लगानीकर्ताहरुको आर्थिक लगानीमा डडेल्धुरामा संचालन भएको भटमास उद्योगबाट प्रशोधन गरिएको तेल र सोया बजारमा आएको छ । फार वेस्टर्न एग्रो जोईन्ट लिमिटेड नामबाट संचालित उक्त उद्योगबाट प्रशोधित भट्मासबाट बनेको रमशिलाको शुद्ध तेल र सोया बजारमा उपलब्ध हुदै आएको हो । करिब छ करोड भन्दा बढी लगानी भइसकेको फारवेस्टर्न एग्रो जोइन्ट लिमिटेडले अहिले बजारमा दुईवटा उत्पादन ल्याएको छ भने अन्य उत्पादन पनि ल्याउने तयारीमा छ ।
७७७ जना शेयर सदस्य रहेको उद्योगमा सुदूरपश्चिम प्रदेश सरकारले एक करोड रकम अनुदान सहयोग गरेको छ भन्ने अन्य रकम शेयर सदश्यको लगानीबाट निर्माण भएको हो । उद्योगमा केही दिन अघि नेपाल पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश समितिका पदाधिकारीहरुको टोलीलाई जानकारी गराउनुहुदै फारवेस्टर्न एग्रो जोइन्ट लिमिटेडका पुर्ब अध्यक्ष एबम सुदुरपश्चिम प्रदेशका माननीय सदश्य डा.ताराप्रशाद जोशीले पहाडमा हुने भटमासलाई संकलन गरेर यहीबाट तेल उत्पादन गर्ने र यहाँका बेरोजगार युबाहरुलाई रोजगारी सिर्जना गर्ने उदेश्य बोकेर सुरुवात गरिएको बताउनुभयो ।

भट्मास प्रशोधन गरि तेल,मस्यौरा, पिना लगायतका उत्पादन गर्ने लक्ष्यका साथ उद्योग स्थापना गरिएको उद्योगका अध्यक्ष धर्म ऐरले बताउनुभयो । अमरगढी नगरपालिका १ मौरडामा पर्ने उक्त उद्योग २२ रोपनी जमिनमा स्थापना गरिएको छ । उद्योगको परीक्षण उत्पादन २०७९ साल कात्तिक २७ गते गरिएको थियो । मस्यौरा (सोयबिन) को परीक्षण उत्पादन सुरु भएको जानकारी सहित उद्घघाटन गरिएको भएपनि त्यसको १६ महिनापछि उद्योगले बजारमा तेल र सोया ल्याउन सफल भएको छ । उत्पादित भएको तेल र सोया बजारमा पुगेपछि गा्रहकले मनपराई रहेको डडेल्धुराका ब्यपारी डम्बर साँउद बताउनुहुन्छ ।

फारवेस्टर्न एग्रो जोइन्ट लिमिटेडका पुर्ब अध्यक्ष जोशीले उद्योग फुल फेजमा आउन अझै समय लाग्ने बताउनु भएको छ । बजारको माग अनुसार उत्पादन गर्न हामी लागीरहेका छौं तर आर्थिक अभाबले ठुलो मात्रामा भट्मास स्टोरेज गर्न सकिरहेका छैर्नौ डा.जोशीले भने । ‘यो उद्योग मेरो कन्सेप्ट अनुसार सुरु भएको हो । यसमा सबै राजनीतिक दल र उद्योगी ब्यबसायीहरुको साथ र सहयोग छ अब छिट्टै सुदुरपश्चिमभरी तेल र सोया बजार बजारमा पुयाउने हाम्रो तयारी छ ।

‘भौतिक पूर्वाधार निर्माण सगैं उपकरण खरिद गर्नमै ठुलो रकम खर्च भएको छ अब भटमास संकलन र बजारमा माग अनुसारको तेल उत्पादन गर्नै तयारीका साथ टिम परिचालित भएको छ डा.जोशीको भनाई थियो । उद्योगमा हाल सम्म शेयर सदस्यहरुको तीन करोड, बैंकको ऋण दुई करोड र सुदूरपश्चिम प्रदेश कृर्षी मन्त्रालय, कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकिकरण भट्मास जोनबाट भवन निर्माण र उपकरणमा गरि एक करोड रकम अनुदान प्राप्त भई खर्च भएको उहाले जानकारी दिनुभयो ।




