Amargadhi Post

माओबादी केन्द्रका अध्यक्ष प्रचण्ड आज डडेल्धुरा आउनुहुदैं

लक्ष्मी ऐर 
डडेल्धुरा,जेष्ठ १ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज डडेल्धुरा आउदै हुनुहुन्छ ।
मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानको भोली जेठ २ गते बैतडीको पाटनबाट सुरु गर्ने कार्यक्रम अन्र्तगत आज प्रचण्ड सहितको पदाधिकारीको टोली डडेल्धुरा पुग्नुहुने भएको हो ।
जागरण अभियानमा पार्टी अध्यक्ष प्रचण्ड,बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,अग्नि प्रसाद सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, गिरिराजमणि पोखरेल लगायतका नेताहरु डडेल्धुराबास बस्ने गरि कार्यक्रम तय भएको नेकपा माओबादी केन्द्रका स्थायी कमिटि सदश्य खगराज भट्टले जानकारी दिनुभयो ।
अध्यक्ष प्रचण्डले भोली बिहान मोनिङ वाक गर्ने,बिहान पत्रकार सम्मेलन र दिउसो २ बजे डडेल्धुरा सदरमुकामको बसपार्कमा खुल्ला जनसंम्वाद कार्यक्रमको आयोजना गरिने नेकपा माओबादी केन्द्रका जिल्ला संयोजक उमेश भट्ट (बिकास)ले बताउनुभयो । माओबादी केन्द्रको सुदुरपश्चिम प्रदेश संसदीय दलभित्रको बिबादका बिषयमा पनि डडेल्धुरामा छलफल हुने बताईएको छ ।

माओबादी सुदुरपश्चिम प्रदेश संसदीय दलको नेताका बिषयमा उत्पन्न बिबाद बर्षाै देखि बिबादित रहदै आएको र पटक पटक अध्यक्ष प्रचण्डले दिएको निर्देशनको समेत अबज्ञा भएको भन्दै बिबाद समाधान गर्न चौतर्फी दबाब सिर्जना भएपछि समाधानका लागी संम्बाद हुने जनाएको छ ।
माओबादी केन्द्रका स्थायी कमिटि सदश्य एबम प्रदेश सभा सदश्य खगराज भट्टलाई संसदीय दलको नेताबाट हटाएर प्रदेश सभा सदश्य मानसिह धामीलाई संसदीय दलको नेत ाचयन भएपछि बिबाद चुलिएको हो । खगराजका पक्षमा चार जना र धामीका पक्षमा बहुमत सदश्य ६ जना भएपछि दलको नेता परिबर्तन गरिएको थियो । बहुमत सदश्य धामीको पक्षमा रहेको र दलका नेता खगराज बनाउनुपर्ने अध्यक्ष प्रचण्डको निर्देशनपनि कार्यान्वयनमा आउन नसकेपछि डडेल्धुरामा यो बिबाद समाधान गर्नेगरी छलफल हुने बताईएको छ । मध्यपहाडी लोकमार्गको जागरण अभियान अभियान भोली पाटनमा ११ बजे उद्घाटन गरेर सुदुरपश्चिमबाट सुरुवात हुने जनाएको छ ।

Dadura
सम्बन्धित पाेष्टहरु
जवाफ दिनुहाेस

तपाईकाे ईमेल प्रकाशित गरिने छैन् ।