लक्ष्मी ऐर
डडेल्धुरा,जेष्ठ १ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष एबम पुर्ब प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड डडेल्धुरा पुग्नु भएको छ । अध्यक्ष प्रचण्डको स्वागतका लागी नेता कार्यकर्ताहरु डडेल्धुरा बसपार्क पुगेका हुन ।
मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानको भोली जेठ २ गते बैतडीको पाटनबाट सुरु गर्न आई पुगेका पुर्ब प्रधानमन्त्री एबम पार्टी अध्यक्ष प्रचण्ड सहितको पदाधिकारी टोली डडेल्धुरा आईपुगेको छ ।
अध्यक्ष प्रचण्डको नेतृत्वमा बरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ,अग्नि प्रसाद सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, गिरिराजमणि पोखरेल लगायतका नेताहरु रहेका छन । भु तथा जलाधार ब्यबस्थापन कार्यालय डडेल्धुराको गेष्ट हाउसमा बस्ने कार्यक्रम तय गरिएको र नेता कार्यकर्ताहरु संगको भेटघाट तथा छलफल कार्यक्रम गरिने नेकपा माओबादी केन्द्र डडेल्धुराका सयोजक उमेश भटट (बिकास)ले बताउनुभयो ।
अध्यक्ष प्रचण्डको आजको बसाईको ब्यबस्थापन डडेल्धुरामै गरिएको र भोली बिहान पत्रकार सम्मेलन गरेर मध्यपहाडी लोकमार्ग केन्द्रित जनजागरण अभियानको उद्घाटन गर्न बैतडीको पाटन तर्फ जानुहुने कार्यक्रम रहेको जनाएको छ ।
उक्त कार्यक्रमको उद्घाटन गरेर फेरी अध्यक्ष प्रचण्ड सहितको टोली दिउसो २ बजे डडेल्धुराको बसपार्कमा आयोजना गरिएको जनसंम्बाद कार्यक्रम सहभागी हुनुहुनेछ । मध्यपहाडी र पुष्पलाल लोकमार्गको जागरण अभियान बैतडीको पाटनमा ११ बजे उद्घाटन हुने कार्यक्रम रहेको छ ।


