लक्ष्मी ऐर
डडेल्धुरा,१ जेठ । गैर सरकारी संस्था महासंघ जिल्ला कार्य समिति डडेल्धुराको अध्यक्षमा पुनः शिवराज पाठक अध्यक्षमा निर्बाचित भएका छन । उहाको नेतृत्वमा ११ सदस्यीय जिल्ला कार्य समिति चयन गर्दे अधिबेशन सम्पन्न भएको हो ।
नवौ जिल्ला अधिवेशनबाट पाठकको अध्यक्षतामा ११ सदस्यीय कमिटी सर्व सम्मत रुपमा चयन गरिएको निर्वाचन अधिकृत टेकराज पाण्डेयले बताएका छन् ।
जिल्ला शाखाको उपाध्यक्षमा रमेश सिंह ठगुन्ना सचिव सुनिता गैरे उप सचिव देवकी कुमारी जोशी, कोषाध्यक्ष अमर बहादुर साउद सदस्यहरुमा ममता भट्ट, अम्बिका जोशी, गणेश प्रसाद अवस्थी, राम बहादुर खत्री र खगेन्द्र भट्टराई रहेको निर्वाचन अधिकृत पाण्डेयले बताएका छन् ।
नवौ जिल्ला अधिवेशनमा गैरसरकारी संस्था महासंघका केन्द्रिय अध्यक्ष अर्जुन भट्टराईको प्रमुख आतिथ्यतामा संचालन गरिएको थियो भने कार्यक्रममा केन्द्रिय महासचिव देवी खड्का, उप महासचिव भवराज रेग्मी, केन्द्रीय कमिटी सदस्य सुदुरपश्चिम ईन्चार्ज प्रेम महर प्रदेश अध्यक्ष देवी खनाल लगायतको सहभागीता रहेको थियो ।





